६ मंसिर २०८१, बिहिबार | November 21, 2024

अष्ट्रेलिया र यूरोपका देशमा विद्यार्थी सहजै पठाउन पुतलीसडकमा खुल्यो ‘युरो एस इन्टरनेशनल’


November 21, 2024
6.8k
Shares

काठमाडौं,६ मंसिर । के तपाईं अध्ययनका लागि अष्ट्रेलिया र यूरोपका देशमा जान चाहनुहुन्छ ? अब चिन्ता नलिनुहोस् । काठमाडौंको पुतलीसडक, बाटुलेघर नजिकै युरो एस इन्टरनेशनल कन्सल्टेन्सीले हजारौं विद्यार्थीलाई सहजै अष्ट्रेलिया र यूरोपका देशमा पठाउने गरी योजना ल्याएको छ । विद्यार्थीहरुले जे पढ्न चाह्यो र जुन देश रोज्यो त्यही देशमा जान सक्ने गरी योजना ल्याएको हो ।

युरो एस कन्सल्टेन्सीले अष्ट्रेलिया, युके, क्यानडा,डेनमार्क,फिनल्याण्ड,माल्टा,ग्रिस र न्युजिल्याण्ड अध्ययन गर्न जान चाहानेहरुलाई शैक्षिक यात्रामा सहयोग गर्ने र परामर्श दिने मुल उद्देश्य रहेको सञ्चालक संजिब गुरुङ्गले बताए ।  आइएलटिएस,पिटीईका कक्षाहरु सञ्चालन गरी विद्यार्थीहरुको भिसा एप्लाई समेत गरिने गुरुङ्गले जानकारी दिए ।

“हाम्रो विद्यार्थीहरुको इच्छा,क्षमता र उनीहरुको पारिवारिक पृष्ठभुमिको आधारमा परामर्श दिने मुख्य उदेस्य रहेको छ । हामी जबरजस्ती विद्यार्थीलाई विदेश जानुपर्छ मात्र भन्दैनौं, त्यहाँको अवस्थाको बारेमा अबगत गराएर मात्र अघि बढ्न सल्लाह दिनेछौं ।” अन्य कन्सल्टेन्सीहरु र आफ्नोमा केही फरक रहेको दाबी गर्दै गुरुङ्गले थपे, “आर्थिक लेनदेन मात्र ठुलो कुरा होइन,विद्यार्थी र अभिभावकको सन्तुष्टि नै हाम्रो उपलब्धी ठान्नेछौं ।”

कन्सल्टेन्सीले विद्यार्थीहरुको सीप,कार्यसम्पादन र इच्छासँगै मेल खाने खाल्का रोजगारीका अवसरहरु खोजिदिने छ । अन्तर्राष्ट्रिय शिक्षा खोज्ने विद्यार्थीहरुलाई उपयुक्त अध्ययन प्रस्ताव गर्नेछ भने उनीहरुलाई आवश्यक भए विकल्पहरुको पनि खोजि कार्यमा सहयोग गर्नेछ । निष्ठा,इमान्दारिता र गुणस्तरीय जैविक विकास गर्न,साझेदार संस्थाहरुको पहिचान र पंक्तिबद्ध गर्न पनि कन्सल्टेन्सीले विद्यार्थीहरुलाई सहयोग गर्ने अर्का सञ्चालक विजयराज पाण्डेले बताए।

कन्सल्टेन्सी मुख्य पाठ्यक्रमहरुको रुपमा स्नातक विश्वविद्यालय स्तर कार्यक्रमहरुमा केन्द्रीत हुनेछ । कन्सल्टेन्सीले विद्यार्थीहरुलाई प्रभावकारी परामर्श र सल्लाह प्रदान गर्ने,अध्ययन स्थानहरु,संस्थाहरु र कार्यक्रमहरुको बारेमा पर्याप्त मात्रामा बुझाएर अगाडी बढाउन मद्दत गर्नेछ भने विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक लक्ष्यहरु प्राप्त गर्न उपयुक्त कार्यक्रमहरु र प्रतिष्ठित कलेजहरु खोज्न मद्दत गर्ने मुख्य लक्ष्य राखेको छ । ज्ञान,सीप र लामो अनुभवी काउन्सिलरहरुबाट क्यारियर परामर्श दिने र विद्यार्थीहरुलाई उच्च गुणस्तरिय समाधानहरु प्रदान गर्ने पनि सञ्चालक पाण्डेले जानकारी दिए ।

राज्यले राम्रो वातावरण सिर्जना गर्न नसक्दा सानै उमेरमा अर्काको देशको शिक्षा प्रभाबकारी उच्च गुणस्तरको भनेर सपना बोकेर जाने र परदेशीको भुमिमा अबसर खोज्न जान तयार भएका कलिला उमेरका भाई बहिनीहरु अब पारदर्सी परामर्शको लागि ठगिनु नपर्ने कसल्टेन्सीले जनाएको छ । कसल्टेन्सीले सहज बातावरण बनाएर बिद्यार्थी र अभिभाबकसँग हातेमालो गरी सहकार्य गर्ने भएको छ ।

https://www.euroaceinternational.com/

प्रतिक्रिया