६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

ट्रोल शेयर गर्दै महामन्त्री शर्मा भन्छन्–लोकतन्त्रमा व्यंग्य र आलोचना स्वीकार्य छ


0
Shares

काठमाडौं, १ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा व्यंग्य र आलोचना स्वीकार्य भएको प्रतिक्रिया दिएका छन् ।

नयाँ बर्ष २०८० सालको अवसरमा शुुभकामना दिँदै आफू, अर्का महामन्त्री गगन थापा र सभापति सभापति शेरबहादुर देउवा पत्नि आरजु राणासहितको ट्रोल शेयर गर्दै शर्माले यस्तो बताएका हुन् ।

व्यंग्य र आलोचना गर्ने अधिकार लोकतन्त्रले हरेकलाई दिएको र यसलाई कसैले पनि नकरात्मक रुपमा लिन नहुने उनको तर्क छ । उनले लेखेका छन्,‘तथ्यमा आधारित जो हुन्छन्, तिनले परिमार्जनलाई सघाउछन्, जो हुन्नन ती समयसँगै हराउँछन् ।’ महामन्त्री शर्माले व्यंग्य, आलोचना र प्रश्नलाई सदैब स्वागतको प्रतिबद्धता पनि गरेका छन् ।

 

प्रतिक्रिया