८ मंसिर २०८१, शनिबार | November 24, 2024

आमाबुवा काममा व्यस्त,४ छोराछोरीको कारमा निस्सासिएर मृत्यु


November 4, 2024
1.3k
Shares

एजेन्सी,१८ कात्तिक । गुजरातको अमरेलीमा कारमा थुनिएर निसास्सिएर चार बालबालिकाको मृत्यु भएको छ । खेल्दै गर्दा बच्चाहरु कारमा फसेपछि दुर्घटना भएको हो । समाचार एजेन्सी पीटीआईले पुलिसलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

घटना शनिबार जिल्लाको रन्धिया गाउँमा भएको हो । प्रहरी नायब उपरीक्षक चिराग देसाईले मध्यप्रदेशको धारका एक कृषि मजदुर दम्पतीका छोराछोरीको मृत्यु भएको सञ्चारमाध्यमलाई बताए । उनले भने, ‘आमाबुवा आफ्ना सात सन्तानलाई बिहान साढे ७ बजेतिर छोडेर भरत मण्डनीको फार्ममा काम गर्न गएका थिए । घर नजिकै पार्किङ गरेको फार्म मालिकको कारमा चारजना बालबालिका प्रवेश गरेका थिए ।

चारजना बालबालिका २ र ७ वर्षका बीचका थिए र कार भित्र फसेका थिए, अधिकारीले भने। निसास्सिएर उनीहरुको मृत्यु भएको हो । शनिबार साँझ आमाबुवा र कार मालिक फर्किएपछि शव देखेको उनले बताए । यस सम्बन्धमा अमरेली (तालुका) प्रहरी चौकीमा आकस्मिक मृत्युको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

 

प्रतिक्रिया