८ मंसिर २०८१, शनिबार | November 23, 2024

सलमान खानलाई फेरी ज्यान मार्ने धम्की,२ करोड फिरौती माग


October 30, 2024
0
Shares

एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई फेरी ज्यान मार्ने धम्की आएको छ । धम्की दिनेले २ करोड फिरौती मागेका छन् । धम्की दिने व्यक्तिले मुम्बई पुलिसलाई सन्देश पठाएको छ ।
प्रहरीले म्यासेजमा २ करोड नपाएको खण्डमा सलमान खानलाई मारिने लेखिएको तर कसले धम्की दिएको हो भन्ने पुष्टि भइसकेको छैन । मुम्बईको वर्ली पुलिस स्टेशनमा एक अज्ञात व्यक्ति विरुद्ध मुद्दा दर्ता गरिएको छ।
गत केही महिनादेखि अभिनेता सलमान खानलाई लरेन्स बिश्नोई गिरोहबाट ज्यान मार्ने धम्की आइरहेको छ । कालो हरिण शिकार प्रकरणमा लरेन्स बिश्नोई गिरोहबाट अभिनेतालाई पटकपटक ज्यान मार्ने धम्की आएको छ । गत वर्ष सलमानको घरमा पनि बदमाशले गोली चलाएको थियो ।

बिश्नोई गिरोहले अभिनेता सलमान खानले बिश्नोई समुदायसँग माफी माग्न नत्र अभिनेताले गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको छ ।

मंगलबार नै एनसीपी अर्थात राष्ट्रवादी कांग्रेस पार्टीका विधानसभा उम्मेदवार जिशान सिद्दिकीलाई फोनमा धम्की आएको थियो । धम्की दिने अभियुक्तले फोनमा सलमान खानलाई पनि भनेका थिए । यस मामिलामा मुम्बई पुलिसले कारबाही गर्यो र मंगलबार बिहान सेक्टर ९२ बाट एक २० वर्षीय युवकलाई पक्राउ गर्यो।

मुम्बई प्रहरीले मोहम्मद तय्यबलाई पक्राउ गरेको छ । प्रहरीले युवकलाई ट्रान्जिट हिरासतमा लैजाने तयारी गरिरहेको छ । आरोपी मोहम्मद तैयब उर्फ गुरफान, मूल रूपमा बरेलीका, हाल दिल्लीमा बस्दै आएका थिए।

प्रतिक्रिया