एयर इन्डियाको विमानमा बमको हल्ला,सूचनापछि चेकजाँच गरिदै
काठमाडौं,१२ कात्तिक । एयर इन्डियाको विमानमा बम राखिएको हल्लापछि त्रिभुवन विमान अन्तर्राष्ट्रिय स्थलमा चेकजाँच थालिएको छ ।
काठमाडौँबाट नयाँ दिल्ली उड्न लागेको एआईजी–२१६ विमानमा विस्फोटक पदार्थ भएको सूचना आएपछि चेकजाँच भइरहेको हो ।
दिल्लीबाट १३७ जना यात्रु लिएर आएको उक्त विमान ३ बजेर ५५ मिनेटमा दिल्ली फर्कने तयारीमा थियो । भारतबाट नै बम राखिएको सूचना आएपछि चेकजाँच थालिएको हो ।
सो विमानमा १६९ जना यात्रु दिल्ली उड्ने प्रतीक्षामा थिए ।