विष्फोट हुने भविष्यवाणी
काठमाडौं, १२ कात्तिक । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विष्फोट हुने भविष्यवाणी भएको छ । त्यो पनि सत्तारुढ नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री हृदयराम थानीबाट ।
थानीले देशमा अति हुन नदिनका लागि तत्काल कदम चाल्न भने । त्यसो नगरे विष्फोटलाई रोक्न नसकिने उनको भनाई थियो ।
थानीले भ्रष्टाचारको अनुसन्धानबारे पनि प्रश्न गरे । गिरिबन्धु जग्गा प्रकरण, क्यानटोनमेन्टको रकम हिनामिना प्रकरण, यति र ओम्नी प्रकरणको अनुसन्धानबारे प्रश्न गरे । ती प्रकरणमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका अलावा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका नेताहरुको नाम मुछिएको छ ।
गृहमन्त्री रमेश लेखकलाई आफू सत्तामा रहँदा सबै ठिकठाक छ भन्ने भ्रममा नपर्ने भने । उनले विगतमा भएका भ्रष्टाचारको अनुसन्धान गर्न समेत आग्रह गरे ।