१० कार्तिक २०८१, शनिबार | October 27, 2024

रास्पवा नेपालको स्वतन्त्र अस्तित्व र लोकतन्त्रको लागि खतरा : नेता भट्टराई


October 26, 2024
747
Shares

काठमाडौं,१० कात्तिक । नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा) नेपालको स्वतन्त्र अस्तित्व र लोकतन्त्रको लागि खतरा रहेको टिप्पणी गरेका छन् ।
नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा गृहजिल्ला तनहूँमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै भटट्टराईले यस्तो बताएका हुन् ।

रास्वपालाई लक्षित गर्दै नेता भट्टराईले भने,“नयाँ दलको न विचार छ, न सिद्धान्त छ, न चरित्र,न निष्ठा न त आर्दश नै छ, झुट कुरा, अराजकता,लोकप्रिय कुरा मात्र गर्ने,लोकप्रियतावादको जन्जालमा अराजकतावाद तीर देशको राजनीतिक अवस्था गइरहेको छ ।”

उनले लोकप्रियवादले सत्यको मुखलाई छोपिदिने पनि धारणा राखे । “लोकप्रियवादले अराजकतावादलाई बढावा दिंदा सत्यको मुखलाई बन्द गरिरहेको छ । सत्य बन्द गर्न खोज्दा झुटको मुख ठुलो हुँदै जान्छ । अहिले त्यस्तै भइरहेको छ ।”–युवा नेता भट्टराईले भने । झुट हावी हुँदा सत्य, दुख र संंघर्षको मुल्य नहुने पनि उनले तर्क गरे ।

नयाँ दल मात्र होइन अरु पनि सत्य नबुझि लहैलहैमा लागेको उनले गुनोसो पोखे । तनहुँ क्षेत्र नं १ बाट गत उपनिर्वाचनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार भट्टराईले भने,“सत्यता बुझ्नु पर्छ । हावाको भरमा लाग्नु हुदैन् । तनहुँका जनताले चिन्दै नचिनेको वाग्लेको पछि लागे । न उसमा विचार छ न त सिद्धान्त नै छ त्यसै पछि लागेको छ ताली बजाएको छ ।”

भट्टराईले कांग्रेस नेपालकै उत्कृष्ट राजनीतिक दल रहेको पनि दाबी गरे । कांग्रेसको सिद्धान्त,विचार,आर्दश र नेताहरु पनि उत्कृष्ट रहेको बताए ।  भट्टराइले शिक्षित,क्षमतावान,दानवीर लगायतमा पनि अन्य पार्टी भन्दा आफ्नो पार्टी माथि रहेको दाबी गरे । आफ्नो संगठनको बारेमा प्रत्येक नेता कार्यकर्ताले सामाजिक सञ्जालमा ध्यान दिनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया