७ कार्तिक २०८१, बुधबार | October 24, 2024

ब्रिक्स सम्मेलनमा विश्वका को को शक्तिशाली नेता सहभागी


October 23, 2024
830
Shares

एजेन्सी, ७ कात्तिक । रुसको काजानमा ब्रिक्स नेताहरुको सम्मेलन चलिरहेको छ । सम्मेलनमा विश्वको ४० प्रतिशत जनसंख्या र ३० प्रतिशत अर्थतन्त्रको हिस्सा रहेका देशका नेताहरु सहभागी छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी चिनफिङ, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, युएईका राष्ट्रपति मोहम्मद विन जायेद अल जाहायन, इरानका राष्ट्रपनि मसुद पेजेस्कियन, इजिप्टका राष्ट्रपति अब्देल फतेह एल सिसी र इथियोपियाका प्रधानमन्त्री अबी अहमद सहभागी छिन् । ब्राजिलका राष्ट्रपति लुइज लुला घाइते भएकाले त्यहाँका विदेशमन्त्री माउरो भियरा सम्मेलनमा सहभागी छन् ।

प्रतिक्रिया