६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

सेनाद्वारा खुर्कोट स्थित सुनकोशीमा वेली वृज जडानपछि यातायात सरर


October 22, 2024
913
Shares

काठमाडौं, ६ कात्रिक । नेपाली सेनाले सुनकोशीमा वेली वृज जडान सकेको छ । वेली वृज जडानसँगै यातायात आवागमन सुरुचारु भएको छ ।

सेनाले सिन्धुलीको गोलन्जोर गाउँपालिका ७, खुर्कोट र रामेछापको मन्थली नगरपालिका ६ जोड्ने बिपि राजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदी माथी रहेको पुल पुनर्निर्माण पश्चात् ६ कात्तिकबाट यातायात आवागमन सुचारु गरेको हो ।

आश्विन १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षा र तत्पश्चातको बाढीका कारण सुनकोशी नदी माथि रहेको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फको ५१ मिटर पुल बगाए पश्चात् आवागमन पूर्णरुपमा अवरुद्ध भएको थियो ।

२० असोजबाट प्राविधिक सहित खटिएको नेपाली सेनाको टोलीले अहोरात्र कार्य गरी कात्तिक ५ गते वेली वृज जडान सम्पन्न गर्नुका साथै सोही दिन पुलको भार वहन क्षमता समेत परिक्षण गरेको थियो ।

प्रतिक्रिया