३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाल भारत मैत्री युवासंघको सहयोग


October 8, 2024
1.3k
Shares

काठमाडौं, २२ असोज । बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाल भारत मैत्री युवासंघले सहयोग हस्तान्तरण गरिरहेको छ । संघले ललितपुरको गोदाबरी नगरपालिका वडा नं ६ र ९ का बाढी पहिरो प्रभावितहरुलाई सोमबार खाद्यान्न सहितका राहत सामाग्री वितरण गरेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको नेतृत्वमा पुगेको टोलीले नगरपालिकालाई १ सय ३० बोरा चामल , पाँच किलोको दरले १सय ३० थान दाल , त्यस्तै कम्मल, त्रिपाल लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।
यादवले नेपालका हरेक विपत्तिमा नेपाल भारत मैत्री युवासंघले सहयोग गर्दै आएको बताएका छन् ।

प्रतिक्रिया