२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

भारतका लोकप्रीय गायक जुबिन नौतियालको कन्सर्ट काठमाडौंमा हुने


October 7, 2024
9.7k
Shares

काठमाडौं, २१ असोज । भारतका लोकप्रीय गायक जुबिन नौतियाल नेपाल आउने भएका छन् । उनले काठमाडौंको हायात होटलमा २९ मंसिरमा कन्सर्ट गर्ने भएका हुन् ।

एन. अटिज्म केयर फाउण्डेशनको आयोजनामा नेपाल आउन लागेका जुबिनले लोकप्रीय गीतसहित मनोरञ्जन दिने कार्यक्रम रहेको छ । आयोजक संस्था एन. अटिज्म केयर फाउण्डेशनले पत्रकार सम्मेलनमार्फते कार्यक्रमबारे जानकारी दिएको छ । फाउडेशनकी अध्यक्ष रमिला श्रेष्ठले २१ असोजबाट टिकट बुकिङ सुरु भइसकेको जानकारी दिइन् ।

हायातमा २५ हजार दर्शन क्षमता रहेको र त्योभन्दा बढी टिकटको माग भइसकेको आयोजकले जानकारी दिएको छ । खल्ती एप्सबाट टिकट बुकिङ खुल्ला गरेसँगै हजारभन्दा बढी टिकट एकै दिनमा बुकिङ भएको जानकारी दिइयो ।

जुबिनको साथमा एन अटिज्म केयर फाउण्डेशनले आयोजना गर्ने कन्सर्टबाट उठेको रकम अटिज्म भएका बालबालिकाको हेरचाह र शिक्षाका लागि शिक्षालय खोल्न खर्च गरिने श्रेष्ठले जानकारी दिइन् । उनले सेवाभावका उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएकाले आफूहरु निकै उत्साही भएको बताइन् ।

जुबिन नौतियाल भारतमा मात्र नभई विश्वभर लोकप्रीय गायक हुन् । उनले गायकका गीत युट्युबमा दशौं करोडले हेरेर रेकर्ड कायम भएको छ । युवायुवती माझ जुबिन निकै लोकप्रीय छन् ।

 

प्रतिक्रिया