१७ आश्विन २०८१, बिहिबार | October 4, 2024

बङ्गलादेशमा विद्युत निर्यातसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर


October 3, 2024
332
Shares

काठमाडौं, १७ असोज । बङ्गलादेशमा नेपालले विद्युत निर्यात गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । बिहिबार नेपाल, बङ्गलादेश र भारतबिच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपालका तर्फबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत व्यापार निगमकी सिईओ डेइनो नारान र बँगलादेशको पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहम्मद रिजवान करिमले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर समारोहमा ऊर्जामन्त्री दिपक खड्का र बङ्गलादेशकी ऊर्जा मन्त्रालयकी सल्लाहकार सहिद रिजवान हसनको उपस्थित थियो ।

अब सम्झौता अनुसार नेपालले बङ्गलादेशलाई प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट विद्युत निर्यात गर्नेछ । विद्युतको मूल्य प्रतियुनिट ६.४ सेन्ट रहनेछ । नेपालले वार्षिक ९२ लाख अमेरिकी डलर विद्युत निर्यातबाट आम्दानी गर्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

प्रतिक्रिया