१७ आश्विन २०८१, बिहिबार | October 3, 2024

नागरिक उड्डयन प्राधिकरणमा अख्तियारले किन छापा हान्यो


October 2, 2024
498
Shares

काठमाडौं, १६ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित भव्य भवनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । बिहिबार अख्तियारको टोली पसेर महत्वपूर्ण कागजपत्र जफत समेत गरेको छ ।

सिनामंगलस्थित प्राधिकरणको भव्य भवन निर्माणमा एक अर्ब अनियमितताको उजूरीका आधारमा अख्तियारले छानविनका लागि छापा मारी कागजपत्र लगेको बुझिएको छ । ४ अर्बमा बनेको उक्त भवन निर्माणमा घोटालाको विषय उठ्दै आएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक प्रदीप अधिकारीमाथि अनियमितताका आरोपहरु लाग्दै आएका छन् । उनीमाथि पोखरा विमानस्थल निर्माणमा घोटाला गरेको आरोप समेत छ ।

प्रतिक्रिया