१७ आश्विन २०८१, बिहिबार | October 3, 2024

प्रस्तावित प्रधानन्यायाधीश राउतसँग सांसदहरुले उठाए बिचौलियाको विषय


October 2, 2024
415
Shares

काठमाडौं, १६ असोज । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संसदीय सुनुवाई समितिमा २४ बुँदे कार्ययोजना प्रस्तुत गरेका छन् । जसमा बिचौलिया रोक्ने कानून देखि महिला न्यायाधीशको अधिकारको विषय पनि समावेश छन् । सांसदहरुले बिचौलियाको विषय जोडदार रुपमा उठाए ।

संसदीय सुनुवाई समितिमा बिहिबार सांसदहरुले राउतसँग बिचौलिया रोक्ने उपाय के छ भनी प्रश्न गरेका थिए । उनले त्यसका लागि कानून बनाउनुपर्नेमा जोड दिए । बिचौलिया कस्ता हुन्छन् भन्ने प्रश्नमा उनी नाजवाफ रहे ।

सांसदहरुले न्यायाधीश नियुक्ति विवादमा आउने गरेको विषय पनि उठाएका थिए । हालै दुई न्यायाधीश नियुक्तिको सिफारिश पनि विवादमा परेको विषय उठाए सांसदहरुले ।

१७ असोजमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सेवानिवृत्त हुँदैछन् । त्यसपछि सर्वोच्चको नेतृत्व राउतले सम्हाल्ने तय छ ।

प्रतिक्रिया