१७ आश्विन २०८१, बिहिबार | October 3, 2024

बाटो सहज नभएसम्म पशु ढुवानी रोक्न एनिमल नेपालको आग्रह


October 2, 2024
415
Shares

असोज १६, काठमाडौं । पशुपक्षीको पक्षमा आवाज उठाउँदै आएको एनिमल नेपालले पशु सेवा नियमावलीविपरीत हुने गरी पशु चौपाया आयात गरिएकोमा आपत्ति जनाएको छ ।

संस्थाले मंगलबार काठमाडौमा पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै दशैंमा बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका ल्याइने पशु चौपायाको रक्षा र संरक्षण नभएको भन्दै पशु ढुवानी नियमावली र ऐनअनुसार हुन्पर्नेमा जोड दिएको हो । नियमावली अनुसार पशुचौपाया नल्याउँदा उनीहरुलेले दुःख पाएको भन्दै एनिमल नेपालले यो विषयमा चासो राखेको छ ।

ंसंथाकी कार्यक्रम प्रमुख सुलक्षणा राणाको अनुसार नियमावलीमा १२ वटा मापदण्ड उल्लेख गरिएको भए पनि त्यसलाई पालना गर्न व्यवसायीहरु तयार हुँदैनन् । पछिल्ला केही दिन यता राजधानीसँग जोडिने धेरै बाटोहरु भत्किएको भन्दै बाटो सहज नभएसम्म पशु ढुवानी रोक्नुपर्नेमा उहाँले सरकारसँग आग्रह गर्नुभएको थियो । “यति लामो बाटोमा ट्रकभित्र पशुलाई जबरजस्ती कोचेर,त्रर्साएर भोकै ल्याएको मासु मानिसको लागि पनि हितकर नहुने राणाको आशय थियो । नियमावलीअनुसार नल्याइएका पशु चौपाया फिर्ता गर्ने अधिकार पशु क्वारेन्टाइनलाई भए पनि विभिन्न प्रकारको सेटिङमा उपत्यका भित्रिने गरेको राणाको भनाइ थियो । राणाले नेपाल प्रहरीले पशु व्यापारीसँग राजस्व उठाएर,जरिवाना लिएर मात्र दिर्घकालिनरुपमा समस्या समाधान नहुने बताउनु भयो । देशभर ८ वटा पशु क्वाराइन्टाइनकार्यालय रहेका छन् ।


पशु नियमावलीअनुसार एउटा ट्रकमा २० देखि २१ वटा र धेरै वजन भएका १८ वटा मात्र राख्न पाइन्छ भने प्रत्येक ४० किलोमिटर यात्रापछि ६–६ घण्टामा आराम गराउनुपर्ने अनिवार्य व्यवस्था छ । तर कुनै पनि व्यवस्था लागु नभएको भन्दै एनिमल नेपालले चिन्ता व्यक्त गर्दै आएको छ ।

 

पशुपंक्षीलाई दुःख, पीडा र मानव सिर्जित क्रुरताबाट छटकारा दिने लक्ष्य लिएर १५ वर्षअघि एनिमल नेपालको स्थापना भएको हो ।

प्रतिक्रिया