२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

लायन्स क्लब मकवानपुर सगरमाथा स्मार्टद्धारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न


October 1, 2024
3.9k
Shares

काठमाडौं,१५ असोज । लायन्स क्लब मकवानपुर सगरमाथा स्मार्टले आफ्ना नयाँ सदस्यहरुका लागि स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।  ललितपुरको धापाखेलस्थित रोयल होटलमा सोमबार आयोजित एक कार्यक्रमका बिच नयाँ सदस्यलाई स्वागत र सम्मान गरेको हो । कार्यक्रममा नयाँ सदस्यहरुलाई प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले प्राकृतिक प्रकोपलाई कसैले रोक्न नसकिने भन्दै भइसकेको क्षतिलाई सबै एकै ठाउँमा उभिएर विपदलाई टार्नुपर्ने बताउनु भयो ।

उहाँले विपत्तिको समयमा सबैमा करुणाको भाव आउनु पर्ने धारणा राख्नुभयो । लायन्स क्लबले विगतदेखि सामाजिक क्षेत्रमा पुरयाउदै आएको सेवा बारे पनि मेयर महर्जनले खुलेर प्रंशसा गर्नुभएको थियो ।


त्यसैगरी, सम्मानित अतिथि एवं भाइस डिस्ट्रिक गर्भनर विनय बस्नेतले छोटो समयमा लायन्स क्लबको नेतृत्वले समाजप्रति आफ्नो दायित्व राम्रोसँग पुरा गरेको भन्दै प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि क्लबले समाजले चाहेको कुरामा मद्दत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

लायन्स क्लब इन्टरनेसनलका एरिया चिफ सार्जन चापागाँईले विश्वभर १४ लाख लायन्सका सदस्य र ४५ हजार भन्दा बढी विभिन्न क्लब रहेको जानकारी दिनुभयो ।

त्यसैगरी, पिडिजि अमर बहादुर श्रेष्ठले सदस्यहरुलाई उत्सासित गर्ने र वोरिन्टेसन गर्ने कार्यक्रम हुँदै गएमा क्लबमा सदस्यको संख्या कहिल्यै पनि कम नहुने तर्क गर्नु भयो । सामान्यतया क्लबले नियमित बैठक पनि नगर्ने भएकोले बिग्रदै गएको उहाँको भनाइ थियो । लायन्स क्लब सामाजिक कार्य भएको भन्दै उहाँले फेलोसिप र लिडरसिप डेभलपमेन्टको कार्यक्रम हुँदै गएमा क्लबमा रहने सदस्यलाई अडाउन सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा रिजनल जोन एरिया १ का चेयरपर्सन चिन्तन बर्जाचार्य,युनाइटेड काठमाडौं सगरमाथाका अध्यक्ष सीमा घिमिरे लोहनी, मकवानपुर इनोभेटिभका अध्यक्ष सरीता कार्की गुरुङ्ग, श्रीकृष्ण माविका प्रशासनिक सहायक लभकुमार बानियाँलगायत अतिथिको रुपमा हुनुहुन्थ्यो ।

साबित्रि दुलाल, सीताकुमारी गिरी,श्रेयान्स ध्वज जोशी, शुभम सुबेदी,जुही किरण दुलाल, दुर्गादेवी भट्टराई, गोपाल आचार्य, गोमा गुरुङ्ग, सीता पौड्याल,लक्ष्मी घिमिरे लगायतले क्लबको नयाँ सदस्यता लिएका हुन् ।

स्वागत तथा सम्मान कार्यक्रममा स्वागत मन्तव्य डिस्ट्रिक डेपुटी चिफ अरुणकुमार गुरुङ्गले राख्नुभएको थियो भने चर्चित समाचार वाचिका बिन्दु अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रमलाई समापन गर्दै लायन्स क्लब मकवानपुर सगरमाथा स्मार्टका सभापति सुरज अर्यालले जीवन चुनौती हो भन्दै सामना गर्न सबैमा आग्रह गर्नुभयो । उहाँले क्लबमा आबद्ध नयाँ सदस्यहरुलाई आफ्नो कर्तव्य पुरा गर्न आग्रह गर्दै कर्तव्य पुरा गरेमा व्यक्ति र संस्था दुबै सफल हुने धारणा राख्नु भयो ।

 

प्रतिक्रिया