दास्रो अडियो सार्वजनिक : ‘दाईले भेट्न खोज्नुभएको छ’
काठमाडौं, २८ चैत्र । सांसद ढाकाकुमार श्रेष्ठ र व्यवसायी दुुर्गा प्रसाईबीचको सम्बादको दोस्रो अडियो पनि सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको अडियोमा ढाकाका भाइ भन्नेले प्रसाईलाई ‘दाईले भेट्न खोज्नुभएको छ’ सम्वाद रहेको छ ।
कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा प्रसाई र श्रेष्ठको भाई बताउने व्यक्तिबीचको फोन सम्वाद छ । ती पुरुषले प्रसाईलाई ढाकाकुमारले भेट्न खोजेको बताइरहेका छन् । ती पुरुषले दाईलाई पार्टीले कारबाही गर्नेभो भयो भन्दै अब प्रसाईलाई यसो बुझिदिन आग्रह गरेको सम्बाद छ ।
प्रसाईले ढाकाको भन्दा पनि पार्टीको नेतृत्व गरेका रवि लामिछानेको दोष रहेको भन्दै ढाकालाई सहयोग गर्न तयार रहेको बताउँछन् । त्यसपछि ढाकाका भाईले दाईले भेट्न खोजेको बताउँछन् ।
अर्को क्लिपमा प्रसाईका सहयोगी यदुु गौतमसँगको टेलिफोन सम्बाद छ । सो क्लिपमा प्रसाईले ढाकाको बारेमा सकरात्मक बोलिदिए हुने अपेक्षा गरेका छन् ।
आइतबार स्वास्थ्यमन्त्री बनाउन पार्टीको कोर टिमले साढे २ लाख रुपैयाँ मागेको र सो रकम आफूसँग नभएकोले व्यवसायी प्रसाईसँग ढाकाकुमारले मागेको भनिएको अडियो सार्वजनिक भएको थियो ।