१३ आश्विन २०८१, आइतबार | September 29, 2024

निरौला र पाण्डे सर्वोच्चको न्यायाधीशमा सिफारिश, ४ नामको टुंगो लागेन


September 27, 2024
913
Shares

काठमाडौं, ११ असोज । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १७ असोजबाट सेवानिवृत्त हुँदैछन् । उनी सेवानिवृत्त भएपछि ६ न्यायाधीश पद रिक्त हुनेछ । रिक्त पदमा नियुक्तिका लागि नाम सिफारिशको दबाब र विवाद चलिरहेको छ । यसबीच न्याय परिषदले २ जनाको नाम टुंगो लगाएको छ ।

परिषदले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत मुख्यन्यायाधीश तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेको नाम सिफारिश गरेको छ । उनीहरुबाहेक बाँकी नाम वरिष्ठ अधिवक्ताबाट ल्याउने तयारी चलिरहेको छ । तर, केही नाम निकै विवादमा परेका छन् ।

राजनीतिक हस्तक्षेपका कारण प्रधानन्यायाधीश श्रेष्ठ र वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत निकै दबाबमा छन् । केही नाम विगतमा निकै विवादास्पद क्रियाकलापमा सक्रिय रहेका पात्र हुन् । तर, उनीहरुले ठूलै चलखेल गरिसकेकाले परिषदमाथि ठूलै दबाब छ । यसकारण बाँकी ४ नाम सिफारिश भए ।

विश्वस्त स्रोतका अनुसार घटस्थापनाको अघिल्लो दिन पारेर नाम सिफारिश गर्ने तयारी भएको छ । दशैंको मुडमा कानून व्यवसायी र सर्वसाधारण हुने भएकाले विरोधका स्वर पनि खासै नहुने बुझाई शक्तिकेन्द्रको रहेको छ ।

प्रतिक्रिया