२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

इजरायली आक्रमणमा हिजबुल्लाह मिसाइल कमाण्डर मारिए


September 25, 2024
249
Shares

एजेन्सी,९ असोज । हिजबुल्लाह मिसाइल कमाण्डर इब्राहिम कुबैसी लेबनानको राजधानी बेरुतमा मंगलबार इजरायली आक्रमणमा मारिएका छन् । यसबाहेक अन्य ५ जनाको पनि मृत्यु भएको छ । इजरायलले लेबनानमा विगत ५ दिनदेखि लगातार आक्रमण गरिरहेको छ । योसँगै लेबनानमा २ दिनमा मृत्यु हुनेको संख्या ५ सय ६९ पुगेको छ ।

यसैबीच हिजबुल्लाहले हिजो राति इजरायलका ८ स्थानमा मिसाइल प्रहार गरेको दाबी गरेको छ । इजरायलका अनुसार हिजबुल्लाहले ५५ रकेट प्रहार गरेको थियो।

यसअघि सोमबार इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानमा हिजबुल्लाहका १६ सय स्थानलाई लक्षित गरी हवाई हमला गरेको थियो। १० हजार रकेट ध्वस्त भएको दाबी गरिएको छ । उही समयमा लेबनानको स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा हालसम्म ५६९ जनाको मृत्यु भएको जनाएको छ । जसमध्ये ९४ जना महिला र ५० बालबालिका रहेका छन् । १८२५ जना घाइते भएका छन्।

अल जजीराका अनुसार सन् २००६ मा इजरायल–लेबनान युद्धपछि लेबनानमा भएको यो सबैभन्दा ठूलो हमला हो। द्दण्ण्ट मा, एक महिना लामो लडाईमा १ हजार लेबनानी मानिसहरू मारिए। हाल, लेबनानमा सेप्टेम्बर २५ बुधबारसम्म स्कूल र कलेजहरू बन्द गरिएको छ। मानिसहरूलाई सुरक्षित स्थानमा पठाइएको छ।

इजरायलले लेबनानमा सञ्चालित अभियानलाई ‘उत्तरी तीर’ नाम दिएको छ । आइडीएफले दावी गरेको छ कि हिजबुल्लाहले दक्षिणी लेबनानका घरहरूमा मिसाइलहरू लुकाएर राखेको छ जुन लगभग एक वर्षदेखि इजरायलमा प्रहार गरिएको छ।

प्रतिक्रिया