६ आश्विन २०८१, आइतबार | September 22, 2024

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ


September 22, 2024
415
Shares

काठमाडौँ,६ असोज। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका हुन् ।

जिल्ला अदालत काठमाडौँले गत असोज २ गते प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।

साइबर ब्यूरोबाट खटिएको टोली र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईकै भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित घरबाट नियन्त्रणमा ल्याएको स्रोतले जनाएको छ ।

प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया