५ आश्विन २०८१, शनिबार | September 21, 2024

रुसको नजरमा ४७ ‘ध्वंसात्मक देश’ (सूचीसहित)


September 21, 2024
498
Shares

एजेन्सी, ५ असोज । रुसको नजरमा विश्वका ध्वंसात्मक देशहरुको सूची सार्वजनिक गरिएको छ । रुस सरकारले आफ्नो आधिकारिक वेवसाइटमा ती नामहरु सार्वजनिक गरेका हुन् ।

रुसको नजरमा ध्वंसात्मक देशहरुमा अधिकांश यूरोपका देशहरु रहेका छन् । संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स जस्ता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य देशहरु पनि सूचीमा छन् ।

एशियाका जापान, दक्षिण कोरिया र ताइवान पनि सूचीमा छन् । रोचक त यो छ कि अफ्रिकाका कुनैपनि देश सूचीमा छैनन् ।

नाटोका सदस्य देशहरुमध्ये स्लोभाकिया हंगेरिया र टर्की सूचीमा छैनन् ।

रुसले सार्वजनिक गरेका ‘ध्वंशात्मक देश’
अष्ट्रेलिया, अष्ट्रिया, अल्बानिया, अन्डोरा, बहमास, बेल्जियम, बल्गेरिया, बेलायत, जर्मनी, ग्रीस, डेनमार्क, आइरल्यान्ड, आइसल्यान्ड, स्पेन, इटाली, क्यानडा, साइप्रस, लात्भिया, लिथुवानिया, लिचटेनस्टेन, लक्जेमवर्ग, माल्टा, माइक्रोनेसिया, मोनाको, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, पोल्यान्ड, पोर्चुगल, दक्षिण कोरिया, रोमानिया, सान मारिनो, नर्थ मेसोडोनिया, सिंगापुर, अमेरिका, ताइवान, युक्रेन, फिनल्यान्ड, फ्रान्स, क्रोयसिया, मोन्टेनेग्रो, चेक रिपब्लिक, स्विटजरल्यान्ड, इस्टोनिया र जापान ।

प्रतिक्रिया