३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सुन तस्करीमा चिनियाँ नागरिकले चलाएको वाल्डो क्यासिनो अखडा


September 11, 2024
664
Shares

काठमाडौं, २६ भाद्र । ६० किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकको लगानीमा संचालित वाल्डो क्यासिनो जोडिएको छ । नेपाल प्रहरीको सीआइबीले क्यासिनोका म्यानेजर टेरेन्स टीएसईलाई पक्राउ गरेको छ ।

सुन तस्करको जालो खोज्दै जाँदा टीएसई पक्राउ परेका हुन् । उनी ठमेलस्थित वाल्डो क्यासिनोको लेखा पनि हेर्दछन् । क्यासिनोलाई आधार बनाएर सुन तस्करीको रकम हङकङमा पनि पठाइएको तथ्य सीआइबीले भेटेको छ ।

तस्करीमा संलग्न चिनियाँ नागरिक याओ पुचेङ पनि वाल्डो क्यासिनोमा गइरहन्थे । यसका आधारमा प्रहरीले गहिरो अनुसन्धानपछि धेरै तथ्य पत्ता लगाएको छ ।

नेपालमा सुन तस्करीमा चिनियाँ नागरिकहरु संलग्न भएको तथ्यहरु बाहिर आइरहेका छन् ।

प्रतिक्रिया