३ आश्विन २०८१, बिहिबार | September 19, 2024

दीपिकाले कहिले जन्माउदैछिन् बच्चा ?


September 8, 2024
415
Shares

एजेन्सी, २३ भदौ । बलिउड अभिनेत्री दीपिका पादुकोण शनिबार दिउँसो एचएन रिलायन्स अस्पतालमा प्रवेश गरेको देखियो ।

मिडियाबाट बच्न कारको सिसा पूर्णतया कालो फिल्मले छोपिएको थियो । दीपिकाको डिलिवरी मिति २८ सेप्टेम्बरमा हुने भनिएपनि उनी आजै अस्पताल पुगेकी थिइन् ।

अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन, तर उनले आज नै बच्चा जन्माउन सक्ने अनुमान गरिएको छ ।

दीपिकाले यही वर्ष फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी थिइन् । उनले एक पोस्ट सेयर गर्दै लेखकी थिइन् – सेप्टेम्बर २०२४ ।

प्रतिक्रिया