८ आश्विन २०८१, मंगलबार | September 24, 2024

मन्त्री पाण्डेसँग नेपालका लागि कतारका राजदूत अन्सारीद्वारा भेट


September 3, 2024
83
Shares

काठमाडौं भदौ १८ गते । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री प्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री पाण्डे र राजदूत अन्सारीसहितको भेटवार्ताका क्रममा द्धिपक्षी हितका बारेमा छलफल भएको हो ।

मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको संस्कृति,पर्यटन क्षेत्रको विकास र समृद्धिका बारेमा छलफल भएको थियो । छलफलका क्रममा विश्वकै उत्कृष्ट भनिएको कतार एयरयोजले अवलम्बन गरेका रणनीति र नेपाल एयरलाइन्सले अनुसरण गनुपर्ने विषयमा समेत छलफल भएको थियो ।

द्धिपक्षीय भेटघाटका क्रममा परराष्टमन्त्रालयका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया