८ आश्विन २०८१, मंगलबार | September 24, 2024

आर्थिक समुन्नति प्राप्त गर्न राजनीतिक अगुवाले नै खोजे भिजनरी लिडरशीप


August 23, 2024
13.4k
Shares

काठमाडौं,७ भदौं । अर्थविद् तथा राजनीतिक अगुवाहरुले भिजनरी लिडरशीपकै अभावमा देशले आर्थिक समुन्नति प्राप्त गर्न नसकेको उल्लेख गर्दै नैतिक र चारित्रिक श्रेष्ठता भएको कल्पनाशील नेतृत्वले एक दशकमै मुलुकको कायापलट गर्नसक्ने निश्कर्ष निकालेका छन् । जय नेपाल फाउण्डेसनले आयोजना गरेको युवा ः राजनीति र आर्थिक समुन्नति बिषयक बैचारिक वहशमा सहभागीहरुले यस्तो निचोड निकालेका हुन ।

िवहशमा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता महेश आचार्यले देश बनाउने भिजन भएको एउटा नेताले छोटो समयमै मुलुकको कायापलट गर्नसक्ने उल्लेख गर्नुभयो । देशमा कल्पनाशील नेतृत्वको अभाव रहेको उल्लेख गर्दै आचार्यले म मेरो देशलाइ १० या १५ बर्षभित्र यो ठाउमा पुर्याउनसक्छु भन्ने नेता एवं व्यवस्थापकीय क्षमता तथा नैतिक र चारित्रिक श्रेष्ठता भएको नेतृत्वको खाँचो औल्याउनुभयो । ६२ प्रतिशत जनसख्या १५ देखि ५९ बर्ष उमेर समुहका श्रम गर्नसक्ने जनशक्ति रहेको मुलुकको यथार्थता प्रस्तुत गर्दै आचार्यले एक करोड ८० लाख श्रम योग्य शक्ति अर्थात जनसाख्यिक लाभांसलाई उपयोग गर्न सक्नुपर्ने उल्लेख गर्नुभयो । मुलुकको विकासका लागि विदेशी लगानी र प्रविधिको प्रयोग अत्यावश्यक रहेको उल्लेख गर्दै आचार्यले अकल्पानाशिल नेतावाट समुन्नति सम्भव नहुने स्पष्ट पार्नुभयो । नेपाल आज आशा र निरासाको दोसाधमा रहेको उल्लेख गर्दै आचार्यले युवाहरु जुनसुकै रिस्क लिन तयार रहने स्वभावको हुने भन्दै स्वतन्त्रताका पक्षपाति युवाहरुं संवाद र वहस गर्न अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका आर्थिक नीति तथा योजना विभाग प्रमुख तथा अर्थविद् गोविन्दराज पोखरेलले एक करोड २४ लाख जनसंख्या १६ देखि ४० बर्ष उमेर समुहको रहेको उल्लेख गर्दै जनसाख्यिक लाभांस उपलब्ध भएपनि युवा मैत्री नीति बन्न नसक्दा युवालाइ उज्ज्यालो भविश्य तर्फ डोहोर्याउन नसकिएको वताउनुभयो । यति ठुलो मतदातालाइ दलहरुले वेवास्ता गरेको उल्लेख गर्दै पोखरेलले जोखिम मोल्ने युवालाइ उत्साहित गर्ने वातावरण नवनेसम्म समुन्नती सम्भव नहुने वताउनुभयो । सुकर्म गरेर जोखिम मोल्ने,बैकको ऋण तिरेर रोजगारी सृजना गर्ने व्यक्ति भगवान भएको वताउदै पोखरेलले उद्यमीलाई गलत नजरले हेर्ने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
सम्मानीत नागरिक प्राध्यापक डाक्टर जयराज आचार्यले समाज आशा,असन्तोष, निरासा र विद्रोह चार चरणवाट गुज्रने उल्लेख गर्दै अहिले नेपाल चौथो चरणमा पुगिसकेको उल्लेख गर्नुभयो । आचार्यले अहिले नेपालमा मरेको राजनीति, मरेको जनता र मरेको युवा मात्र रहेकोमा आफु आश्चर्यचकित भएको वताउनुभयो । अनावश्यक संरचना र संस्थाहरु खडा गरेर राजनीतिक भर्तिकेन्द्र बनाइएकामा आपत्ति जनाउदै आचार्यले प्रदेश संरचना, समाजकल्याण केन्द्र र योजना आयोग जस्ता संस्थाहरुनै किन आवश्यक पर्यो भन्ने प्रश्न गर्नुभयो । सस्थागत भ्रष्टाचार र कुशासनको आजकै अवश्थाले विनास वाहेक केहिपनि प्राप्त नहुने आचार्यको तर्क थियो ।
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले संसारका दुइतिहाइ परिवर्तनका संवाहक युवा भएपनि परिवर्तन पछि युवा पुस्तालाइ वेवास्ता गर्ने परिपाटि रहेको उल्लेख गर्दै पीडा वोकेर विदेशीने युवाको दर्दनाक अवश्थाले मुलुकलाइ अधोगतिमा धकेलेको उल्लेख गर्नुभयो । जुन समाजमा युवाले सम्मानपुर्वक देशभित्रै केहि गर्नसक्छु भन्ने आशा लिएर बाच्न सक्दैन त्यो मुलुकले समुन्नति प्राप्त गर्न नसक्ने घिमिरेले वताउनुभयो । इमान हराएको राजनीति र नैतिक शिक्षाको अभावले समाज पथभ्रष्ट बनेको घिमिरेले स्पष्ट पार्नुभयो ।

युवाले नयाँपुस्ताको प्रेरणका लागि भनेपनि त्याग गर्न तयार रहनुपर्नेमा घिमिरेले जोड दिनुभयो । जय नेपाल फाउण्डेसनका संस्थापक सदस्य तथा बैचारिक वहशका संयोजक विजुला वर्माले संचालन गर्नुभएको कार्यक्रममा युवा नेताहरु निथिलेश मिश्र,विनोद कायस्थ, मनोजमणी आचार्य,श्रीराम लामिछाने यज्ञप्रसाद ढकाल,सुभाष प्रसाद लोहनी,विमल कुमार डिसी,हरी वहादुर पुन, शेर वहादुर थापा, योगेन्द्र अनुपम, दिपक कार्की, रुद्र कन्दङ्वा, रमेश कुमार महत, लोकनाथ दुलाल, सुरेश थापा, विष्णुकुमारी सापकोटा, हुर्मत न्यौपाने, सरोज कुमार थापा, भावुकराज न्यौपाने, अर्जुन कुमार पौडेल, प्रेमिका राना मगर, रिसा श्रेष्ठ, रमेश कुमार सापकोटा, केशवराज पौडेल, नगेन सिंह ठकुरी लगायतको सहभागिता रहेको थियो ।

जय नेपाल फाउण्डेसनले हरेक सुक्रवार विभिन्न विषयमा बैचारिक वहश संचालन गर्दै आइरहेको र यो क्रम अझै केहि समय जारी रहने फाउण्डेसनका संस्थापक सदस्य सचिव विजयराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया