२ कार्तिक २०८१, शुक्रबार | October 19, 2024

कोलकता डाक्टर मृत्यु : गोप्य अंगसहित १४ स्थानमा गम्भीर चोटपटक


August 19, 2024
1.3k
Shares

काठमाडौं,३ भदौ । कोलकाताको आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरमाथि भएको अत्याचारलाई लिएर देशभर आक्रोश छ । सबैले आरोपी सञ्जय रोयलाई कडा कारबाही गर्न माग गरिरहेका छन् । यसैबीच मृतकको पोष्टमार्टमको विस्तृत रिपोर्ट आएको छ । प्रतिवेदन पढ्दा साउन ९ गते राति पीडितमाथि अभियुक्तले के–कस्तो अत्याचार गरे भन्ने कुरा बुझ्न सकिन्छ ।

रिपोर्टका अनुसार मृतकको शरीरमा १४ वटा भन्दा बढी चोटको निशान रहेको छ ।पोस्टमार्टम रिपोर्टका अनुसार मृतकको टाउको, गाला, ओठ, नाक, दाहिने बङ्गारा, चिउँडो, घाँटी, बायाँ हात, बायाँ काँध, बायाँ घुँडा, खुट्टा र गोप्य भागमा चोटपटकको निशान भेटिएको छ ।

साथै शरीरको भित्री भागमा पनि चोट लागेको छ । फोक्सोमा रगत जमेको थियो । जननांग भित्र सेतो बाक्लो टाँसिने तरल पदार्थ पनि भेटिएको थियो। सोही क्रममा आरोपीले पीडितको दुवै हातले घाँटी थिचेर ज्यान लिएका थिए । प्रतिवेदनमा आरोपितले पीडितलाई पटकपटक निर्ममतापूर्वक यौन दुव्र्यवहार गरेको पनि खुलासा भएको छ । रगत र अन्य नमूना थप विश्लेषणका लागि पठाइएको छ।

आरजी कार मेडिकल कलेजका आन्दोलनकारी डाक्टरहरुले पीडितका बारेमा गरेको दाबी पोष्टमार्टम रिपोर्ट अनुसार भएको चिकित्सकहरुले बताएका छन् । यो घटनामा अहिलेसम्म सञ्जय रोय नामक एक जना मात्रै पक्राउ परेका छन् । सीबीआईले मेडिकल कलेजका पूर्व प्रिन्सिपल सन्दीप घोषलगायत धेरैलाई सोधपुछ गरिरहेको छ।

यसैबीच, दिल्ली सहित देशका धेरै राज्यहरूमा आवासीय चिकित्सकहरू हडतालमा छन्। डाक्टरको सुरक्षाका लागि केन्द्र सरकारसँग कानुन बनाउन माग भएको छ ।

 

प्रतिक्रिया