कांग्रेसले गरेका काम जनतालाई प्रष्ट्याउन नसक्दा बारम्बार अपजसको भारी बोक्नुपर्यो
गोविन्द भट्टराई । हाम्रो पार्टी नेपाली कांग्रेस देशमा गम्भीर मोडहरू आउँदा सधैं अग्रपंक्तिमा उभिँदै आएको छ। २००७ सालको क्रान्ति अनि २०४६ सालको जनआन्दोलन होस् वा २०६२र६३ को आन्दोलनको जगमा गणतन्त्र स्थापना गर्दा किन नहोस्, नेपाली कांग्रेस सधैं अग्रमोर्चामा नेतृत्वदायी भूमिकामा रहँदै आएको छ। त्यही आन्दोलनको जगमा बनेको देशको संविधान संशोधनको महत्त्वपूर्ण, जिम्मेवार र दूरगामी प्रभाव पार्ने मोडमा हामी आइपुगेका छौँ। संविधान संसोधनलाई प्राथमिकतामा राखेर हामी अहिले आफ्नो प्रमुख प्रतिस्पर्धी नेकपा एमालेसँग सरकारमा सहकार्य गरिरहेका छौँ। यसलाई तार्किक निष्कर्षमा पुर्याउने अभिभारा हाम्रो काँधमा आइपरेको छ। साथै, संघ, प्रदेश तथा स्थानीय तहमा अब हाम्रो प्रतिनिधित्वलाई कुनै पनि बहानामा कमजोर प्रदर्शन गर्ने छुट हामीसँग छैन। सँगसँगै सांगठनिक, कार्यक्रमिक, व्यवहारिक तथा नैतिक रुपमा पार्टीलाई थप परिस्कृत र सुधार गर्नु पर्ने जिम्मेवारी पनि हामीले बहन गर्नुपर्नेछ।
त्यसका लागि अब नेपाली कांग्रेसले तत्काल के गर्ने त ? केन्द्रीय समिति बैठकमा यसका लागि मैले केही प्रस्तावहरू लिपिबद्ध गरेको छुः
१. सरकारमा जवाफदेही, उत्तरदायी तथा प्रभावकारी सहभागिता
आफ्नो नेतृत्वमा होस् या अन्य दलसँग गठबन्धन गरेर किन नहोस्, नेपाली कांग्रेस धेरै पटक सरकारमा सहभागी हुँदै आएको छ। सरकारमा रहँदा आफूले गरेका कामहरूबारे जनतालाई प्रष्ट्याउन नसक्दा बारम्बार अपजसको भारी पनि कांग्रेसले बोक्नुपरेको तीतो अनुभव हामीसामु छ। विगतदेखिको प्रतिष्पर्धी दल नेकपा एमालेसँग यसपटक कांग्रेसले सत्ता सा

