४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नेपाली युवा पीढीमा अनुरोध


August 12, 2024
7.4k
Shares

डा. ठाकुर मोहन श्रेष्ठ: विश्वभर युवा दिवस मनाइयो। विश्वका युवाहरुमा हार्दिक शुभकामना। “दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि ( “From Clicks to Progress: Youth Digital Pathways for Sustainable Development) नारा कागजमा सीमित नरहोस्।

साल सालै पात फेरे झै नारा बदल्नु भन्दा एक दशकको लागि मुख्य नारा बनोस् र नतिजामुखी होस्। विज्ञानमा विवेक थपिनु जरुरी छ। संयुक्त राष्ट्रसंघ लगायतका सरोकार निकायहरुको ध्यान पुगोस्। कुनै पनि युवाले अर्को देशको भाडाको सैनिक बन्नुनपरोस् । युवा बिध्यार्थी शक्ति बंगलादेशमा कसैका राजनीति रणनीतिको जगमा विध्यार्गी आन्दोलनका नाममा भएका अल्प संखीय जातिय र धार्मिक समुदाय विरुद्ध प्रयोग नहुन। साथै युक्रेन युध्दमा दुवै देशका सेनाबाट लडेर मरेका नेपाली युवाको अवस्थाबाट विश्वले पाठ सिकोस ।

ख. नेपाली युवा पीढीमा संक्षिप्त अपिल अनुरोध : बुँदागत छन;

ख.१ देशको मौलिक पहिचान ईतिहास सार र पछिल्लाअनुत्तरदायी प्रवृति बारे बुझौ: नेपाल माटोको मौलिक पहिचानका ऐतिहासिक गाथा र देशको वर्तमान अवस्थाको आधारभूत ज्ञान लिऔं ताकि वर्तमानमा सुधार उज्वल भबिष्यको कदम उठाउन सकियोस्। तसर्थ सनातन संस्कृतिको सार सर्वे भवन्तु सुखिनः तथा आधुनीक नेपालको निर्माता र मुख्य सहयोगीहरूका योगदान र वर्तमान गैह्रजिम्मेबारी प्रवृति बारे एकिन हुनुहोस्।

ख.२. नेपालको हक हित बुझौ: राष्ट्रियता, राष्ट्रिय सार्वभौमिकता स्वाधीनता र मानवताका संदर्भ र सवाल साना ठूला हुँदैनन् हेक्का राखौ। नेपालको हक हीतको जगमा उभिनु अपराध होइन्। नेपालमा दिगो विकास र प्रजातन्त्र केवल कागजी नारा बनेका छन् अनुत्तरदायी राजनीतिको लाजनीतिले । बहुदलिय प्रजातन्त्र- लोकतन्त्र भिडतन्त्र, दलतन्त्र, गुटतन्त्र बनाईएर भागवण्डामा खुम्चाईएको छ।

ख.२.१ परजिवी नबनौ: राजनीतिलाई पेशा होइन सेवा बनाऔं: असल र ईमान्दार युवा पीढीहरु देशको स्थानीय र केन्द्रीय राजनितिमा जुट्नुहोस् राजनीतिलाई पेशा होइन सेवा बनाउनुहोस्। गुण्डा, लफंगा, लठैत, झोले र एस मेन बनेर होईन्। नेपाली नागरिकता पासपोर्टमा मुकुण्डोधारी बिदेशी गोटी वा एजेण्ड नबन्नु होस्। आफु कुनैन कुनै शिप आर्जनको काम र आयमा जुटेर। ताकी कुनै पनि खराव व्यक्ति र समूहको साधन, स्रोत र धनबलमा परजिवी हुनु नपरोस्।

ख.२.२ सफ्टपावरको उपयोग गरौं: नेपालमा प्रशस्त सम्भावनाहरू मानौं हाम्रा प्रवल सफ्टपावर (सनातन ज्ञान, बुद्ध ज्ञान, किरात ज्ञान, ठुला दुई बजारहरु-भारत र चीन बीचको भु-अवस्थित, भौगालिक जैविक र सांस्कृतिक विविधता आदि) छन् जुन आजसम्म नेपाल र नेपालीको हकहीतमा उपयोग हुन सकेका छैनन्।

ख.२.३ रचनात्मक प्रतिक्रान्तिमा जुटौं : खास गरी २००७ साल देखीका राजनीतक व्यवस्था र सुधारका नाममा जे जति क्रान्ति, आन्दोलन र सशस्त्र संघर्षहरु भए त्यसले देशको अवस्थामा अपेक्षाकृत सुधार विकास नल्याएकोमा हजारौं दृष्टान्त र तथ्याङ्कहरु यहाँ समाबेस गरिरहनु परेन। हिमाल, पहाड र तराईका घर आगनमा छ्याल व्यालछन्। कागज र आवाजमा विभिन्न प्रतिवेदन र आमसंचारहरु मा पनि छन्। अब, क्रान्ति विरुद्धको प्रतिक्रान्ति हुने स्वाभाविक देखिन्छ जुन सामजिक मनोविज्ञान, प्राकृतिक सिध्दान्त, विज्ञानको एक्शन को रियाक्सन तथा धर्मको भाषामा पाप कर्मको नतिजा भोग पक्कै गर्नुपर्नेछ।

ख.२.४ प्रतिक्रान्तिको विनाशलाई रोकथाम गरी रचनात्मक र शान्तिपूर्ण प्रतिक्रान्ति” आजको आवश्यकता हो। २१ औं शताब्दीको नेपालको स्थायित्व र व्यवस्थापनको लागि संस्कृति र प्रकृति र वैज्ञानिक प्रविधि वीचको सन्तुलन मिलाई मौलिक पहिचान कायम राखौं। मुलत: उर्जा, कृर्षि र पर्यटनमा केन्द्रीत “वृहत आर्थिक क्रान्ति ल्याऔं । यसले सकारात्मक रचनात्मक प्रतिक्रान्तिको काम गर्ने छ। जुन युवा पीढीहरुको सकृयता र त्याग विना सहज छैन। बिदेशमा बुध्दि र श्रमको पलायन हुँदै जाँदा नेपालले बिना युद्ध मौलिक पहिचान गुमाउने दिन नआओस्।

ख.२.५. बिदेशीको भाडाको शैनिक नबन्नुहोस्: नेपाली युवा विदेशी सेनामा भाडाको सैनिक नबनी दिनुहोस । विश्वमानबता, मानव सभ्यता र प्रकृतिको रक्षार्थ बिश्व शैनिक बन्नुहोस्। अन्तमा, मेले औपचारिक कुनै पद हैसियतमा रहेर यो अनुरोध गरेको होइन्। तर एक ईमान्दार र दिगो विकास, दिगो शान्ति, मानवता र नेपाली माटोको पक्षधर सहेर मानव भएकोले आफ्ना विचार र अपिल अनुरोध राख्ने जमर्को गरेको हुँ। खवरदार दक्षिण एसियालाई विश्वयुद्धको आरम्भ थलो बनाएर युबापीढीलाई होम्ने भुल कसैले नगरोस्। ईतिहासले माफि दिने छैन्। असल युवा पीढीहरुलाई मेरो साथ समर्थन रहने छ । पुनश्च: विश्व युवा दिवसको मंगलमय शुभकामना!

प्रतिक्रिया