४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सिग्देललाई प्रधानसेनापतिको कार्यभार


1.2k
Shares

काठमाडौं, २५ साउन । प्रधानसेनापति प्रभुराम शर्माले कार्यवाहक प्रधानसेनापति अशोकराज सिंग्देललाई कार्यभार बुझबुझारथ गरेका छन् । शुक्रबार शर्माले कार्यभार बुझबुझारथ गरेर बिदा बसेका हुन् ।

प्रधानसेनापतिले अवकाश हुनुभन्दा एक महिना अघि नै बिदा बस्ने प्रचलन छ । त्यस अनुसार उनी आजबाट बिदा बस्नेछन् । सरकारले आजैबाट लागू हुनेगरी सिग्देललाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय लिइसकेको छ ।

सिग्देल भाद्र २५ बाट प्रधानसेनापति बन्नेछन् । सेनामा नागरिकता र शैक्षिक प्रमाणपत्रको विवाद लामो समय चल्दा सिग्देललाई जिम्मेवारी आइपुगेको हो । उनीभन्दा वरिष्ठतम जर्नेल ताराध्वज पाण्डे नागरिकता विवादले राजीनामा दिन वाध्य भएका थिए ।

प्रतिक्रिया