६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

तनहुँ नबुझ्दा स्वर्णिमलाई समस्या


0
Shares

काठमाडौं, २४ चैत्र । स्वर्णिम वाग्लेले बाह्य दुनियाँ त बुझे तर देश र आफू स्वयंलाई बुझ्न सकेनन् । उनले जुन दलबाट अत्याधिक लाभ लिए त्यहीं दललाई धोका दिए । महत्वाकाक्षा पूरा नहुने भएपछि चटक्कै छाडे ।

स्वर्णिमले युएनडीपी र विश्व बैंकको जागिर खाए । बेलायत, अमेरिका र अष्ट्रेलियाबाट उच्च शिक्षा हासिल गरे । तर, उनले देशलाई बुझ्न सकेनन् ।

नेपाली काँग्रेस नेतृत्वको सरकार हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत बने । सांसद हुँदै अर्थमन्त्री बन्ने उनको महत्वाकांक्षा काँग्रेसबाट पूरा हुने देखिएन । त्यसपछि उनी लागे राष्ट्रिय स्वतन्त्र पार्टीमा ।

स्वर्णिम गोरखामा जन्मिएपनि बाल्यकाल र किशोरावस्थाको अधिकांश समय काठमाडौंमा बिताए । बुढानिलकण्ठ स्कुल पढे । उनले अहिले चुनाव लड्न लागेको तनहुँ त के जन्मभूमि गोरखा समेत राम्ररी बुझेका छैनन् । तनहुँको ढुङ्गामाटो राम्ररी नबुझेका स्वर्णिम राजनीतिमा जसरी हामफाले त्यसले उनलाई धक्का पुग्ने देखिदैछ ।

स्वर्णिम रवि लामिछानेको सस्तो लोकप्रीयताको पछाडि दौडिएका छन् । रवि आफू केन्द्रित नेता हुन् । स्वर्णिम पनि त्यही नै हुन् । यसकारण यी दुईको कुरा मिलेको छ । टुरिष्ट उम्मेदवार स्वर्णिमले तनहुँको गाउँ ठाउँ नै चिनेका छैनन् । उनी लहडको भरमा चुनाव लड्न पुग्दा राजनीतिक जीवनमा पहिलो गाँसमै ढुङ्गा बन्ने देखिएको छ ।

Image : Swarnim Wagle fb

प्रतिक्रिया