८ आश्विन २०८१, मंगलबार | September 24, 2024

अप्रत्यासित सत्ता परिवर्तनको उद्देश्य भ्रष्टाचारलाई संरक्षण : रायमाझी


10.5k
Shares

काठमाडौं,१५ साउन । राजनीतिक विश्लेषक एवं लेखक प्रकाश रायमाझीले नयाँ गठबन्धनको उद्देश्य भ्रष्टाचारलाई संरक्षण गर्ने रहेको दाबी गरेका छन् । नेपाली कांग्रेस र एमालेबीच सरकार र भ्रष्टाचार पनि आलोपालो गर्ने सहमति भएको उनको भनाइ थियो ।

एक टेलिभिजनबाट सोमबार प्रसारित भएको कार्यक्रममा बोल्दै रायमाझीले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘अप्रत्यासित सत्ता परिवर्तनको उद्देश्य भ्रष्टाचारलाई संरक्षण गर्नु हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नकै लागि नीतिगत रुपमा ऐननै संशोधन गरेको उल्लेख गर्दै लेखक समेत रहेका रायमाझीले भने,‘ओलीले गिरीबन्धु टि–स्टेट प्रकरणमा भ्रष्टाचार गर्न ऐन नै शंसोधन गर्नुभयो । यो सरकारबाट जनताको पक्षमा केही काम हुँदैन् र हामीले केही आशा पनि राख्न हुँदैन् ।’

स्वार्थ केन्द्रीत गठबन्धन हिजोका दिनमा पनि भएको भन्दै अब र भोलिका दिनमा पनि हुने उनले बताए । जनता सचेत नभएसम्म भ्रष्टाचारले प्रशय पाइराख्ने भन्दै रायमाझीले भने,‘भ्रष्टहरुलाई जबसम्म जनता सचेत भएर पाखा लगाउन सक्दैनौ् तबसम्म हाम्रो समय त्यस्ता भ्रष्टहरुको चर्चा गरेर खेर फालिरहन्छौ ।’

नयाँ गठबन्धनले संविधान संशोधन गर्ने भनेपनि धर्म निरपेक्षता हटाउन नसक्ने उनको भनाई थियो । ‘धर्मनिरपेक्षता विदेशीले ल्याइदिएका हुन्,नेताहरुले संशोधन गर्नै सक्दैनन् । गठबन्धनलाई अनुकुल हुने गरी र साना पार्टीलाई घाँटी निमोठ्न मात्र संशोधन गर्ने हुन्,अरु आशा नराखे पनि हुन्छ ।’–उनले भने ।

रायमाझीले अमेरिकाको दबाबमा नयाँ सरकार गठन भएको दाबी गर्दै भने,‘आरजु राणालाई परराष्ट्रमन्त्री बनाउने अमेरिकाको प्रत्यक्षरुपमा सम्लग्नता छ । युक्रेनलाई अमेरिकाको पक्षमा देउवा सरकारले समर्थन गरेलगत्तै नेपालको स्वतन्त्र परराष्ट्र नीति अन्त्य भयो । असम्लग्न स्वतन्त्र र पञ्चशिलको सिद्धान्तलाई उहाँहरुले संशोधन गरेर अब अमेरिकी परस्त नीति लागु गर्नुहुन्छ ।’

प्रतिक्रिया