४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सांसद बन्दै सेफ ल्यान्डिङ गर्दै डनहरु


913
Shares

काठमाडौं, १३ साउन । आपराधिक गतिविधिमा लागेर गुण्डानाइके कहलिएका व्यक्तिहरु धमाधम राजनीतिमा लागेर चुनाव जित्न थालेका छन् । देश संघीयतामा गएपछि प्रदेशहरुमा त उनीहरु सजिलै चुनाव जित्ने र सांसद हुँदै मन्त्री बन्ने क्रम चलेको छ ।

लामो समय ठमेल मुकाम लगाएर गुण्डागर्दी गरेका दिपक मनाङे मनाङबाट दुईपटक प्रदेश सांसद बनिसकेका छन् । स्वतन्त्रमा चुनाव जितेर उनी गण्डकी प्रदेशको मन्त्री बनेका छन् पटक पटक । मनाङेले कर्मचारी कुट्ने देखि विवादास्पद गतिविधि गर्ने गर्दै आएका छन् ।

रोज राणाको नाममा चिनिने सरोज थापा पनि प्रदेश सांसद बनेर मन्त्री बने काँग्रेसबाट । चलचित्र क्षेत्रमा पनि लागेका उनी विवादास्पद गतिविधिमा संलग्न भए । उनले विगतमा चलचित्र क्षेत्रमा एक नायिकामाथि यौद दुव्र्यवहार प्रकरणमा दुव्र्यवहारीको पक्षमा गतिविधि गरेका थिए ।

गुण्डानाइके गणेश लामा पनि सांसद बन्न प्रयासरत छन् । उनी विजय गच्छेदारको समूहबाट विगतमा चुनाव पनि लडे काभ्रेबाट । अहिले काँग्रेस नेता बनेका लामाको विवादास्पद गतिविधि चलिरहेको छ ।

प्रतिक्रिया