६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

आजदेखि साउनको सोमबारको व्रत सुरु,पशुपतिमा भिड


498
Shares

काठमाडौं,७ साउन । २०८१ सालको पहिलो साउने सोमबारको व्रत आजदेखि सुरु भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ ।

गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ।

आजको दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ। सो अवसरमा आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ। साउने झरी भए पनि बिहानै दर्शनार्थी पशुपति क्षेत्र पुगेका थिए । पशुपतिनाथमा जाने भक्तजनका लागि तीन वटा लामको व्यवस्था गरिएको छ।

उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलस्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । पशुपतिनाका चारै ढोका सोमबार बिहान साढे तीन बजेदेखि नै भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया