२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

ओली दुई तिहाई सांसदको समर्थनप्राप्त प्रधानमन्त्री, को को पक्ष/विपक्षमा


747
Shares

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई प्रतिनिधि सभा सदस्यको विश्वासको मत पाएका छन् । आइतबार कुल २६३ मतमध्ये १८८ मत ओलीको पक्षमा खसेको हो ।
ओली विगतमा पनि दुई तिहाई विश्वासको मतका साथ प्रधानमन्त्री बनेका थिए । उनी चौंथोपटक प्रधानमन्त्री बनेका हुन् ।

ओलीलाई नेकपा एमालेको ७७, नेपाली काँग्रेसको ८८, जसपाको ७, जनमत पार्टीको ६, जसपा नेपालको ४, लोकतान्त्रिक समाजवादी पार्टीको ४, नागरिक उन्मुक्तिपार्टीको ४ र स्वतन्त्र एक गरी १९२ मतका दलको समर्थन रहेकोमा १८८ मत प्राप्त भएको हो । ती दलमध्ये केहीका सांसद अनुपस्थित रहे ।

उनको विपक्षमा ७४ मत परेको छ । यो मत नेकपा माओवादी केन्द्रको ३२, रास्वपाको २१, राप्रपाको १४, नेकपा एसको १०, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चाको १-१ मध्येबाट हो । योमध्ये केही सांसद मतदानमा अनुपस्थित रहे । नेमकिपाको १ मत तटस्थ रह्यो ।

प्रतिक्रिया