४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

परराष्ट्रमा आरजु देउवा,कांग्रेसले लगभग टुंग्यायो मन्त्रीहरुको नाम


664
Shares

काठमाडौं,३१ असार । नेपाली कांग्रेसले पनि लगभग मन्त्रीहरुको नाम टुंगो लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना निकट नेताहरुसँग छलफल गरेपछि मन्त्रिहरुको अन्तिम सूची तयार हुने बुझिएको छ । नेताहरुका अनुसार एक/दुई जनाको बाहेक नाम लगभग टुंगो लागेको हो ।

पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको तर्फबाट नेतृत्व गर्नेछन् । सिंहले उपप्रधानसहित कुनै मन्त्रालयको जिम्मेवारी पाउनेछन् । त्यसैगरी,गृहमा रमेश लेखक, परराष्ट्रमा आरजु देउवा र कानुनमा अजय चौरासिया मन्त्री हुनेछन् । यस्तै मन्त्री हुनेमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागिसकेको छ । उनले स्वास्थ्य मन्त्रालयमा दाबी गरेको बुझिएको छ ।

शेखर–गगन थापा समुहले ४ मन्त्रालय पाएमा जीवन परियार, प्रदीप पौडेल,ह्दयराम थानी र रामनाथ अधिकारीलाई पठाउने भएको छ । तर यो समुहलाई देउवाले ३ मात्र दिनसक्ने बताएका छन् ।

प्रतिक्रिया