८ आश्विन २०८१, मंगलबार | September 24, 2024

संविधान संशोधन आवश्यक तर स्वार्थ केन्द्रीत भएर हतारमा गर्न नहुने निष्कर्ष


2.2k
Shares

काठमाडौं,२८ असार । संविधानविद् तथा कानूनका जानकारहरुले संविधान संशोधन आवश्यक भएपनि हतारमा स्वार्थलाई केन्द्रमा राखेर संविधान संशोधन गर्न नहुने निश्कर्ष निकालेका छन् ।
संविधान संशोधनका बिषयमा जय नेपाल फाउण्डेसनले आयोजना गरेको वैचारिक वहशमा सहभागि पुर्वन्यायाधीश तथा विज्ञहरुले समयानुकुल संविधान संशोधन आवश्यक रहेको तर त्यो देश र जनतालाइ केन्द्रमा राखेर गरिनुपर्ने निश्कर्ष निकालेका हुन् ।

वहसमा पुर्वन्यायाधीश बलराम केसीले संविधान संशोधन नियमित प्रक्रिया भएकाले यसका लागि सरकार परिवर्तन या समिति वनाउन आवश्यक नरहेको वताउनुभयो । केसीले संविधान नभइ दलको विधान संशोधन गरे धेरै समस्या समाधान हुने सुझाव दिदै संविधान संशोधन भन्दा नेताको चरित्र सुधार आवश्यक रहेको धारणा राख्नुभयो ।

पुर्व महान्यायाधिबक्ता खम्म बहादुर खातीले संविधान समयानुकुल परिवर्तन हुदै जाने बिषय भएको उल्लेख गर्दै यसको रिभ्यु गर्ने बेला भएको बताउनुभयो । वर्तमान अवश्थामा संविधान संशोधन संभ्भव नदेखिएको उल्लेख गर्दै खातीले यसका लागि अनुकुल परिस्थिति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ अधिवक्ता ठाकुररमण आचार्यले संविधान संशोधन आवश्यकै छैन भन्ने तर्कसंग सहमत हुन नसकिने उल्लेख गर्दै संविधान समय सापेक्ष संशोधन हुनैपर्ने वताउनुभयो । अधिवक्ता बाबुराम अर्यालले आर्थिक पाटोमा समेत संविधानले ध्यान दिनु पर्ने उल्लेख गर्दै नयाँ संविधानले त समस्या समाधान भएन भने संशोधनले कसरी सम्भव होला भन्ने प्रश्न गर्नुभयो । संविधान संशोधनको कुरा संविधानलाइ दोष दिएर गर्न थालिनु तर आफ्नो कमीकमजोरीलाइ स्विकार नगर्नु दुर्भाग्यपुर्ण रहेको अर्यालको भनाई थियो । संविधानको कमजोरी के हो भन्दा पनि मलाइ कहाँ गाहेपर्यो भन्ने आधारमा संविधान संशोधन गर्न थाल्नु गलत भएको अर्यालको तर्क थियो ।

यस्तै संचारकर्मी तथा अधिवक्ता राजु थापाले संविधान संशोधन मार्फत निरासालाइ संम्वोधन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । संविधान कहाँ कसरी संशोधन गर्ने भन्ने कुरामा ध्यान पुग्नुपर्नेमा जोड दिदै थापाले जनतालाइ प्रदेश नभए हुन्थ्यो भन्ने छ तर संशोधन त्यसमा होला त भन्ने प्रश्न गर्नुभयो । यस्तै अधिवक्ता धर्म खनालले संविधान कस्का लागि संशोधन भन्ने प्रश्न गर्दै जनताका लागि कि नेता व्यवस्थापनका लागि भन्ने स्पष्ट गर्नुपर्ने वताउनुभयो । अधिवक्ता भुवन प्रसाद वाग्लेले संविधान सभावाट संविधान बनाउने कांग्रेसको एजेण्डा अनुरुप पाएको संविधानलाई संशोधन मार्फत पुर्ण वनाउदै लैजानुपर्नेमा जोड दिदै नेताहरुको कार्यशैलि पनि सुधार हँुदै जानुपर्ने उल्लेख गर्नुभयो ।

यसैगरी अधिवक्ता।रुद्र कन्दङ्वाले संविधान संशोधन गर्नै पर्छ भन्दै यसमा दुइमत नै नभएको तर के का लागि र किन भनेर विहंगम छलफल गर्नुपर्ने वताउनुभयो । संविधानविद् केशरमणी अर्यालले संविधान संशोधनको आवश्यकता देखिएपनि प्रकृया जसरी शुरु गरियो त्यो गलत देखिएको उल्लेख गर्नुभयो । अहिले संविधान संशोधनलाई वहाना मात्रै बनाइएको वताउदै अर्यालले अहिलेको राजनीतिक माहौलमा यो संभव नभएको जिकिर गर्नुभयो । अधिवक्ता तथा कांग्रेस नेता हुर्मत न्यौपानेले संविधान शंशोधन आवश्यक रहेपनि अहिलेको अवश्थामा यो बिषयमा प्रवेश गरेर नेपाली कांग्रेस फसेको तर्क गर्नुभयो ।

कार्यक्रममा जय नेपाल फाउण्डेसनका अध्यक्ष वद्री अर्यालले संस्थाको उद्धेश्य र लक्ष्य बारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा अधिवक्ता उज्ज्वलराम घिमिरे,युवा नेता गणेशराज भट्ट, डुवा छिरिङ लामा, दिनेश राई, ज्ञानु तिमल्सिना, फाउण्डेसनका संस्थापक सदस्य शान्ता तामाङ, अर्थशास्त्री भावुकराज न्यौपाने लगायतको उपस्थिति थियो ।

जय नेपाल फाउण्डेसनले जनतामा व्याप्त निराशा र अवको कार्यदिशा अन्तर्गत रहेर हरेक सुक्रवार विभिन्न विषयमा बैचारिक वहस संचालन गर्दै आइरहेको संस्थाका संस्थापक सदस्य सचिव विजयराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया