३ मंसिर २०८१, सोमबार | November 19, 2024

ओली-देउवा मिलन कहिलेसम्म ?


913
Shares

काठमाडौं, २१ असार । ३२ सिटको जादूले हैरान पारेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मिल्न वाध्य भएका हुन् । प्रचण्ड नेतृत्वको सरकारले काँग्रेसका नेताहरु जोडिएको भुटानी शरणार्थी प्रकरण र एमालेका नेताहरु जोडिएका गिरिबन्धु टी स्टेट र सहकारी ठगी प्रकरणमा छानविन निरन्तर बढाएपछि झस्किएका ओली र देउवा मिल्न वाध्य भए ।

आरजु देउवा टीकापुर जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणमा अप्ठ्यारोमा पर्ने भइन् । ओली गिरीबन्धु टी स्टेटको जग्गामा अप्ठ्यारोमा पर्ने भए । अर्कोतर्फ, एमालेका नेता कार्यकर्ता जोडिएको सहकारी प्रकरणले समस्यामा पारेको थियो । यही कारण प्रचण्डलाई सत्ताबाट नहटाए मूल्य चुकाउनुपर्ने वाध्यता पर्यो ।

ओली र देउवा निश्चित स्वार्थले मिलेका छन् तर त्यो कहिलेसम्म ? यो चासो बनेको छ ।

ओली धोकाधडीमा माहिर छन् । विगतमा एमाले र माओवादी मिलेर नेकपा बन्दा प्रचण्डसँगको आधा आधा कार्यकाल प्रधानमन्त्रीको भद्र सहमति ओलीले तोडे । उनले प्रचण्डलाई नै पार्टीबाट कारबाही गरेर अलपत्र पार्न खोजे । अन्ततः संसद विघटनको नाटकीय घटना हुँदै नेकपा फुट्यो । ओली सत्ता छाड्न वाध्य भए ।

ओलीलाई चुनावमा झड्का लाग्यो । पहिलो ठूलो दलबाट दोस्रोमा झरे । उनले चुनावपछि देउवाबाट तानेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन साथ दिए । तर, राष्ट्रपति प्रकरणले गठबन्धन टुट्यो ।

प्रचण्ड देउवासँग असन्तुष्ट हुँदै ओलीसँग हातेमालो गर्न पुगे । तर, ओलीले धोका दिए प्रचण्डलाई । उनी देउवासँग हात मिलाउन पुगेका छन् । ओली धोकाधडीमा खप्पिस भएकाले उनले कुनैपनि बेला देउवालाई पनि छाड्नसक्ने देखिन्छ ।

प्रतिक्रिया