१० मंसिर २०८१, सोमबार | November 25, 2024

महालेखामा लेखापाल हेमचन्द्रको एकछत्र राज, हरि मैनालीका ‘एस-म्यान’सँग विनोद झुक्लान् ?


5.5k
Shares

काठमाडौं, १४ असार । महालेखा नियन्त्रक कार्यालय ४ वर्षभन्दा बढी एउटा स्टोर किपरले हल्लाएको छ । सामान्यतः २ वर्षभन्दा बढी एउटै कार्यालयमा एक कर्मचारी टिक्दैन । तर, लेखापाल हेमचन्द्र कार्कीले मलेनिकामा एकछत्र राज गरिरहेका छन् । स्टोर रियर रहेका लेखापाल कार्की अहिले ‘डिफ्याक्टो’ महालेखा नियन्त्रक भनेर सर्वत्र परिचित छन् । हाल स्वास्थ्य मन्त्रालय पुगेका हरि मैनालीका प्रिय पात्र उनी वित्त आयोगबाट सरुवा भएर आएका महालेखा नियन्त्रक विनोद सिंहलाई समेत प्रभावित बनाउन चलखेलमा लागेको चर्चा छ ।

सानो बोली र भलाद्मी बानी व्यहोरा देखाउने लेखापाल कार्की आपराधिक मानसिकता भएका कर्मचारीका रुपमा परिचित छन् । उनले भनेको नमान्ने लेखापालहरुलाई छानीछानी तह लगाउने कार्कीको स्वभाव छ । हरेक कार्यालयमा स्टोर किपरमा बस्न मारामार हुन्छ । महालेखा नियन्त्रक कार्यालयमा पनि स्टोर किपर बन्न उस्तै मारामार छ । तर, त्यहाँ हेमचन्द्र कार्कीले ४ वर्षदेखि एक छत्र राज गरिरहेका छन् । आफूलाई एमाले निकट कर्मचारीको केन्द्रीय सदस्य बताउने कार्कीले महालेखालाई भ्रष्टाचारको आहालमा डुबाएको चर्चा छ ।

लेखापाल कार्की अहिले सानले सरकारी नम्बर प्लेटको गाडी चढेर हिँड्छन् । त्यो गाडी कुनै सचिव, सहसचिवले चढ्नेभन्दा कमको छैन । सरकारी सामानहरु खरिद गरेका नक्कली विलहरु बनाउने, सवारी साधनको मर्मत गरेकालगायतका अन्य नक्कली कागजातहरु बनाउने त कार्कीको नियमित धन्दा नै बनेको छ । तुलानात्मक रूपमा मितव्ययी सचिवका रूपमा परिचित विनोदप्रकाश सिंहले कार्कीले कानुनविपरीत चढेको उक्त गाडी खोस्न सक्छन् ? कि मैनाली जस्तै लेखापाल कार्कीसँग मिलेर गोरखधन्दा चलाउँछन् ? यो विषय चासोका साथ हेरिएको छ ।

कार्यालयको लागि भनी खरिद गरिएका मालसामानहरु स्टोर किपर कार्कीले घरमा लगेर राख्ने गरेको आरोप छ । कार्यालय प्रयोजनका लागि खरिद गरिएको समान आफू टिकिरहन उनले विभिन्न व्यक्तिलाई उपहार दिने गरेका छन् । कर्मचारी नेतालाई खुसी पार्न लेखापाल कार्कीले महालेखाको स्रोत साधन चरम दुरुपयोग गर्दै आएका छन् । महालेखालाई भ्रष्टाचारको क्रिडास्थल बनाएर बदनाम गराउने र राज्यको सम्पत्ति दोहन गर्ने स्टोर किपर लेखापाल कार्कीको रजगज कहिले अन्त्य होला । त्यसले विनोद सिंहको असली परीक्षण अब हुनेछ ।

प्रतिक्रिया