४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

सर्वोच्चको फैसलाले फणिन्द्रको पद जोगियो, गण्डकीमा पाण्डे सरकार जोगियो


664
Shares

काठमाडौं, १० जेठ । सर्वोच्च अदालतले फणिन्द्र देवकोटामाथि नेकपा माओवादी केन्द्रको कारबाही कार्यान्वयन नगर्न आदेश दिएको छ । योसँगै देवकोटा सांसद र मन्त्री पदमा फर्किएका छन् ।

सर्वोच्चको आदेशमा देवकोटालाई कारबाही गर्ने अधिकार माओवादीमा नदेखिएको उल्लेख छ । देवकोटाले आफू माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचित भएपनि नेपाल समाजवादी पार्टीको सांसद भएको प्रमाण पेश गरेका थिए । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले यही प्रमाणका आधारमा फैसला गरेको हो ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका गोरखाबाट निर्वाचित प्रदेशसभा सांसद देवकोटाको मतले नेपाली काँग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री बनेका थिए । यही मत खोस्न माओवादीले कारबाहीको निर्णय गरेर प्रदेशसभामा उनको पद रिक्त भएको घोषणा गरिएको थियो ।

प्रतिक्रिया