१० कार्तिक २०८१, शनिबार | October 26, 2024

काबिल प्रशासक अख्तियार प्रमुख राई चौतर्फी घेराबन्दीमा : रायमाझी


4.1k
Shares

काठमाडौं,९ जेठ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई कुशल प्रशासक भएको दाबी गरेका छन् । अख्तियारले राम्रो काम गर्न खोजेको भन्दै प्रमुख राई सराहनिय योग्य व्यक्ति भएको उनको भनाइ छ ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने,“राई जति प्रशासनका लागि काविल कोही छैन्, उनको कामको आधारमा भनेको हुँ,त्यत्तिको कुशल व्यक्ति अख्तियारमा पुग्दैनन् ।”

रायमाझीले अख्तियारलाई स्वतन्त्र ढंगले काम गर्न नदिएको समेत आरोप लगाए । उनले भने,“केही गर्ने हुटहुटी बोकेर राई अख्तियार पुगेका छन्,उनलाई काम गर्न नदिएर विभिन्न तरिकाले प्रहार गरिदै आएको छ,उनी विचौलिया होइनन्,सेटिङ गर्दैनन्, उनको कुनै गुट छैन्, सेटिङ नभएको व्यक्ति उनीहरुको अनुकुलको पात्र नभएपछि राई माथि सबै खनिन्छन् ।”

अख्तियारले राम्रो काम गर्दा देशमा भ्रष्टाचार कम हुने भन्दै लेखक समेत रहेका रायमाझीले अनुसन्धान प्रभावित पार्न अख्तियारमाथि चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको टिप्पणी गरे ।
“कोही दोषी छ भने उसको मुद्दा अघि बढाउन लागेमा सरकारी वकिलकोमा सेटिङ हुन्छ,न्यायाधीशले सिधै सेटिङ गर्छन्,अनुसन्धान प्रभावित पार्ने कोसिस गरिन्छ । सरकारी वकिलहरुले विभिन्न वहाना बनाएर अख्तियारलाई प्रभावित पार्न हस्तक्षेप गर्छन् ।”–उनले भने ।

अख्तियारले निर्णय गर्दा आक्रोसित भएका त्यहि भित्रकै कर्मचारीहरुले नै सुचना चुहाएर अफ्ठेरो पार्ने काम गर्दै आएको पनि उनको भनाइ थियो । देश सेटिङबाट चलेको भएपनि अख्तियारले भने आशाका किरण देखाएको रायमाझीले बताए ।

 

प्रतिक्रिया