२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

मुहान सुक्न थालेपछि २६ नदीको पानी बागमतीको मुहानमा मिसाइयो


2.3k
Shares

काठमाडौं,३० जेठ । पछिल्लो समयमा संसारभर पानीको हाहाकार भएको छ । विश्वमै पानीको दोस्रो धनी देश नेपालको काठमाडौं खाल्डोमा पानीको हाहाकार अझै छ ।

पानीको हाहाकार हुन थालेपछि नेपालका २४ जना धर्मगुरुहरुले २६ वटा नदीहरुबाट पानी संकलन गरेर बाग्मती नदीको मुहानबाट बगाएका छन् । एक कार्यक्रममा बीच बुधबार बिहान पशुपतिनाथ मन्दिरसँगै रहेको बाग्मती नदीको मुहानमा बाजागाजासहित धर्मगुरुहरुले विधिपूर्वक पानी बगाएका हुन् ।

आज पानी बगाएपनि बाग्मतीको मुहानलाई भने सुक्न  दिन नहुने भन्दै धर्मगुरुहरुले सरकारको ध्यानाकर्षण गराएका थिए । हिन्दुधर्मालम्बीहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरसँगै रहेको बाग्मतीको मुहान सुक्न दिन नहुने उनीहरुको निष्कर्ष थियो ।

दैनिक बाग्मतीमा जलाइने शवको धुवाले काठमाडौंको पर्यावरण समेत बिगारेको भन्दै धर्मगुरुहरुले त्यसलाई सरकारले व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए ।

फे्रड्स क्लबले आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै पूर्व न्यायाधीस कल्याण श्रेष्ठले पानी जोगाउनुपर्नेमा जोड दिए ।  उक्त धार्मिक एंव पवित्र कार्यक्रममा धर्मगुरुहरुले पानी र वातावरण जोगाउनुपर्ने धारणा राखेका थिए । पानीका स्रोत संरक्षण प्रति सचेत गराउँदै अग्रज बैज्ञानिक बेन्जामिन फ्य्राङ्कलिनले भनेका थिए– ‘जब अन्तिमा इनार पनि रित्तिनेछ, तब हामीलाई पानीको महत्व थाहा हुनेछ ।’

 

भिडियो हेर्नुहोस् ।

 

प्रतिक्रिया