११ श्रावण २०८३, सोमबार | July 27, 2026

नेपाल र श्रीलङ्काबीचको खेल किन भयो रद्द ?


166
Shares

काठमाडौं,३० जेठ । टी–२० विश्वकप अन्तर्गत आज हुने भनिएको नेपाल र श्रीलङ्काबीचको खेल वर्षाको कारण रद्द भएको छ।

अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा बुधबार बिहान हुने भनिएको खेल पानी परेपछि रद्द भएको हो।

वर्षाका कारण खेलको टससमेत हुन नसकेपछि दुवै टिम १–१ अंक बाँड्न बाध्य भए। नेपाल २ खेलबाट १ अंक जोड्दै चौथो स्थानमा छ।

समूह चरणको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो।

 

प्रतिक्रिया