२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

सिक्किममा हिमपहिरो, ६ पर्यटकको मृत्यु,कयौं हिउँमा फसेको आशंका


0
Shares

एजेन्सी, २१ चैत्र । सिक्किमको नाथुला क्षेत्रमा मंगलबार हिमपहिरोमा परी ६ पर्यटकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सोही क्रममा झण्डै ८० पर्यटक भित्रै फसेको सम्भावना रहेको छ । प्रहरी अधिकारीहरुले यो जानकारी दिएका छन् ।

घाइतेहरूलाई राज्यको राजधानी गान्तोकको अस्पतालमा ल्याइएको छ। एक वरिष्ठ प्रहरी अधिकारीले उद्धार र उद्दार कार्य जारी रहेको बताए । चीनको सिमानामा रहेको नाथुला दर्गा प्राकृतिक सौन्दर्यका कारण प्रमुख पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ ।

जानकारी अनुसार मंगलबार दिउँसो १२ः२० बजे नाथुला क्षेत्रमा हिमपहिरो भएको थियो । घटना पछि, छ जनाको नजिकैको सैन्य अस्पतालमा मृत्यु भयो। मृत्यु हुनेमा चार पुरुष, एक महिला र एक बालक रहेका छन् । गान्तोक र नाथुला जोड्ने जवाहरलाल नेहरू रोडमा हिमपहिरो गएको प्रहरी अधिकारीहरूले बताएका छन्।

प्रहरीका अनुसार दुर्घटना हुनुअघि १५० भन्दा बढी पर्यटक अलपत्र परेका छन् । यसैबीच हिउँमा फसेका ३० पर्यटकलाई उद्धार गरी गान्तोकस्थित एसटीएनएम अस्पताल र केन्द्रीय रेफरल अस्पतालमा भर्ना गरिएको छ ।

जानकारी अनुसार अहिले सिक्किम पुलिस, सिक्किमको ट्राभल एजेन्ट एसोसिएसन, पर्यटन विभागका अधिकारी र चालकहरूले उद्धार कार्य गरिरहेका छन्।

प्रहरीका अनुसार १३ औं माइलका लागि मात्रै पास जारी गरिन्छ, तर अनुमतिबिना पर्यटक १५ औं माइलतर्फ जान थालेका छन् । घटना १५ औं माइलमा भएको भारतीय सञ्चार माध्यम जागरणले जनाएको छ ।

 

प्रतिक्रिया