३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

रविविरुद्धको रिटमा न्यायाधीश सिन्हाले के भने ?


0
Shares

काठमाडौं, २१ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ नहुने भएको छ ।

राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्ध युवराज सफलले दायर गरेको रिटको पेशी न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको थियो।

सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि सुनुवाइ रोकिएको हो ।

अभिवक्ता युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया