८ चैत्र २०८२, आइतबार | March 23, 2026

ओलीले बालेनलाई झींगा भनेपछि…


1.4k
Shares

काठमाडौं, २५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई झींगा भनेका छन् । उनले शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारको प्रश्नमा बालेनतर्फ संकेत गर्दै झींगा भनेका हुन् ।

बालेनले गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ओलीमाथि लगाएको आरोपबारे भने, ‘भैंसीको ढाडमा झींगा बस्यो कि के बस्यो त्यसलाई थाहा पनि पाएको हुँदैन, झींगा दंग परेको हुन्छ चार लात हानें भनेर ।’ ओलीले कसैसँग विवाद गर्न नचाहेको भन्दै व्यङ्ग्य गरे ।

ओलीले सुमना श्रेष्ठबारे दिएको अभिव्यक्ति संयोगले मिलेको हुनसक्ने भने ।

प्रतिक्रिया