३ आश्विन २०८१, बिहिबार | September 20, 2024

ढुङ्गाखानीको खेलमा गोदावरीका मेयर गजेन्द्र महर्जनसहित यीनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा


747
Shares

ललितपुर, २१ जेठ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित तत्कालीन उपमेयर, कर्मचारी र ठेकेदारहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । लेले र नल्लुका ढुङ्गाखानीबाट रोडाढुङ्गा उत्खनन गर्दा भ्रष्टाचार गरेको अभियोगमा महर्जनलगायतमाथि मुद्दा दायर भएको हो ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा एक अर्बभन्दा बढी नोक्शानी पुर्याएको भन्दै बिगो माग समेत दाबी गरिएको छ । उनीहरुमाथि राजश्व हिनामिनाको आरोप छ ।

नदीजन्य पद्धार्थका रुपमा ढुङ्गा गिट्टी, बालुवासहितका सामाग्रीहरुमा सरकार दररेट नै कम कायम गरी ठेक्का दिइएको आरोपपत्रमा भनिएको छ ।

गजेन्द्र महर्जन ललितपुर काँग्रेसका नेता समेत हुन् । उनी गोदावरीको मेयरका रुपमा दोस्रो कार्यकाल पनि विजयी भएका थिए ।

मुद्दा दायर भएकाहरुमा गोदावरी नगरपालिकाका तत्कालीन उपमेयर मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी, राजश्व शाखा प्रमुख श्रीराम आचार्य, कर्मा कन्स्ट्रक्सनका सञ्चालक रवि महर्जन, निराकार ढुङ्गा रोडा उद्दोगका सञ्चालक मधुसुदन डोटेल, मच्छिन्द्रनाथ मल्टीप्रपोजका सञ्चालक केदार नाथ तिमल्सेना, सजिलो रोडा ढुङ्गा उद्दोगका सञ्चालक शशिराज शाही, वीरेन्द्र महर्जन ढुङ्गा उद्दोगका सञ्चालक वीरेन्द्र महर्जन छन् । उनीहरु प्रत्येकविरुद्ध १८ करोड ६३ लाख २१ हजार ५८९ बीगो दाबी गरिएको छ ।

प्रतिक्रिया