१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

मध्यराति भरतपुरमा चार सवारी एक आपसमा कसरी ठोक्कियो


2.7k
Shares

काठमाडौं, १४ जेठ । भरतपुरमा मध्यराति चार सवारीसाधन ठोक्कियो । साँढे १२ बजे सत्रकिलोमा काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस ठोक्किएका थिए ।

सबै सवारीसाधन तिव्र गतिमा भएकाले ठोक्किएका थिए । घटनामा १७ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा २२ जना घाइते भएका छन् ।

सुरुमा दुई सवारी साधन ठोक्किएका थिए । त्यसपछि दुईतर्फ फरक दिशामा कुदिरहेका सवारी साधन ठोक्किएका थिए ।

घाइतेको सूची :
१. सुधन केसी, २८ वर्ष (प्युठान नौबैनी गाउँपालिका–७)

२. निरज केसी, ३६ वर्ष (प्युठान नगरपालिका–१०)

३. निर्मला भुषाल, ३६ वर्ष (प्युठान मालारानी गाउँपालिका–२)

४.सुरज सुनार, २५ वर्ष (प्युठान गौमुखी गाउँपालिका–७)

५. पवित्रा दर्लामी, २९ वर्ष (अर्घाखाँची सितागंगा नगरपालिका–८)

६. पुरन गिरी, २८ वर्ष (प्युठान झिम्रुम नगरपालिका–७)

७. समिर के एम, २० वर्ष (प्युठान नगरपालिका–८)

८. तारापति बुढाथोकी, ३६ वर्ष (सारुमहारानी गाउँपालिका–४)

९. मुनादेवी बुढाथोकी, ३५ वर्षीया (सारुमहारानी गाउँपालिका–४)

१०. मनदेवी थापा, ५६ वर्ष (प्युठान ऐरावती गाउँपालिका–६)

११. पदम थापा, ६० वर्ष (प्युठान)

१२. सुशील केसी, २१ वर्ष (प्युठान नगरपालिका–१०)

१३. प्रतिभा भण्डारी, १७ वर्ष (प्युठान नगरपालिका–४)

१४. सलिसा थापा, १८ वर्षीया (प्युठान नगरपालिका–८)

१५. प्रकाश केसी, ३८ वर्ष (प्युठान नगरपालिका–१)

१६. पार्वता केसी, ५३ वर्ष (प्युठान नगरपालिका–८)

१७. गौरव झाक्री, ३२ वर्ष (नौबहिनी गाउँपालिका–३)

१८. दिपक सुनार, २९ वर्ष (प्युठान गौमुखि गाउँपालिका–३)

१९. लाम बहादुर दर्लामी, ४९ वर्ष (अर्घाखाँची सितगंगा नगरपालिका–८)

२०. सन्तोष केसी, २५ वर्ष (प्युठान गनरपालिका–८)

२१. राजन सुवेदी, २१ वर्ष सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका (ट्रक चालक)

२२. सुवास कार्की, २६ वर्ष सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ (ट्रक चालक)

प्रतिक्रिया