३ आश्विन २०८१, बिहिबार | September 19, 2024

स्वर्णिम वाग्लेले गरे मनोनयन दर्ता


0
Shares

तनहुँ, २० चैत्र । आगामी बैशाख १० गते हुने उपनिर्वाचनको लागि तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् ।

नेपाली कांग्रेस परित्याग गरेका वाग्लेको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।

तनहूँ कांग्रेसका पूर्व जिल्ला सचिव बाँस्तोला मनोनयनअघि मात्र रास्वपामा प्रवेश गरेका थिए । वाग्लेको उम्मेदवारीको समर्थन जनाउँदै बिहान चितवन २ मा आफ्नो उम्मेदवारी दर्ता गरेर रास्वपाका सभापति रवि लामिछाने पनि तनहुँ पुगेका छन् ।

निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।
कांग्रेसबाट गोविन्द भट्टराई र नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् ।

प्रतिक्रिया