३ कार्तिक २०८१, शनिबार | October 19, 2024

तनहुँ–१ मा गोविन्द भट्टराईले गरे उम्मेदवारी दर्ता (तस्बिर हेरौं)


0
Shares

तनहुँ, २० चैत्र । तनहुँ १ मा आगामी बैशाख १० हुने उपनिर्वाचनका लागि सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् ।

भट्टराईको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ रहेका छन् । मनोनयन दर्ता गराउँदा भट्टराईसँगै नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान, कांग्रेसका नेताहरुको पनि सहभागिता थियो ।

१० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।
नेकपा एमालेको तर्फबाट पनि सर्वेन्द्र खनालले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।

प्रतिक्रिया