२ मंसिर २०८१, आइतबार | November 18, 2024

मोदीको ‘४ सय पार’ लक्ष्य पूरा होला ?


332
Shares

एजेन्सी, ४ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने गरी चुनावी परिणाम आउने प्रक्षेपणहरु भइरहेका छन् । विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशका प्रधानमन्त्री मोदीले ऐतिहासिक तेस्रो कार्यकाल शक्तिमा रहने सम्भावनाले तरंग आइरहेको छ ।

सन् २०१४ मा मोदीको दल भारतीय जनता पार्टीले ऐतिहासिक जित हासिल गरेको थियो । त्यसपछि मोदी निरन्तर उकालो लागे । २०१९ को चुनावमा भाजपाले मात्र ३ सय कटायो लोकसभामा ।
५४३ सदस्यीय भारतको लोकसभामा यसपटक मोदीको लक्ष्य ४ सय पार छ । उनले लोकसभा चुनावमा ४ सय सिट कटाएमा ऐतिहासिक सफलता हासिल गर्नेछन् । त्यो दुई तिहाईको बहुमत हुनेछ र संविधानका कतिपय धारा नै परिवर्तन गर्न सक्नेछ ।

भाजपा र उसको गठबन्धनले ३ सय सिट कटाउने प्रक्षेपणहरु त जताततैबाट आइरहेको छ । तर, ४ सय कटाउने हुन् या होइनन् अड्कलवाजी नै छ ।

लोकसभामा बढी सिट भएको उत्तर प्रदेश, मध्य प्रदेश, गुजरात, उडिसा र झारखण्ड जस्ता राज्यमा भाजपा बलियो छ । विहार, पश्चिम बँगाल र महाराष्ट्र पति बढी सिट रहेको राज्य हुन् जहाँ भाजपाले गठबन्धन दलहरुसँग मिलेर जित हासिल गर्ने देखिन्छ ।

आसाम र उत्तरपूर्वी भारतका राज्यहरुमा पनि भाजपाले प्रगति गरिरहेको छ । पञ्जाब, हरियाणा, दिल्ली, हिमाञ्चल र उत्तराखण्डमा पनि भाजपाको स्थिति विगतमा जस्तै कायमै छ ।
आन्द्र प्रदेश र कर्नाटक जस्ता राज्यमा गठबन्धन दलसँग भाजपाले विगतमा भन्दा आफूलाई सुधार्ने प्रक्षेपण छ ।

भाजपा कमजोर रहेको राज्यहरुमा तामिलनाडु, केरला जस्ता दक्षिणी राज्यहरु हुन् । त्यहाँ पनि उसले ऐतिहासिक नतिजा ल्याउने अनुमान लगाइएका छन् ।

मोदीको लोकप्रीयता झन् बढ्नुले विपक्षी आत्तिएका छन् । अरविन्द केजरिवालले त मोदीको लोकप्रीयतालाई चुनौती दिन उनको उमेरबारे सवाल उठाए । ७३ वर्षका मोदी अबको कार्यकालभित्र ८० नजिक पुग्ने भएकाले सत्ता अमित साहलाई हस्तान्तरण गर्ने अभिव्यक्ति दिए । तर, अमित साहले मोदीले पूरा कार्यकाल भारतलाई हाँक्ने बताएर केजरिवाललाई धक्का दिए ।

भाजपालाई संगठित र प्रतिवद्ध कार्यकर्ताको साथ सबैभन्दा बढी छ । त्यही कार्यकर्ताको बलमा भाजपा निरन्तर उकालो चढिरहेको छ ।

मोदीको कार्यकालमा भारतले अभूतपूर्व विकास गर्न सक्यो । भौतिक विकास सँसारकै नमूना बन्यो । भारत विश्वको धनी देशहरुमा नम्बर १० बाट नम्बर ५ मा उक्लिएको छ ।

भारतले विज्ञानका क्षेत्रमा पनि फड्को मारेको छ । चन्द्रमामा यान पठाउन सक्यो । आधुनिक प्रविधि र हतियारको निकै विकास गरेको छ ।

भारतमा गरिबी घटेको छ । मोदीले गरिबलाई घर बनाउने योजनाहरु ल्याए । किसान र महिलाको हितमा ठूलो काम गरेर देखाए ।

मोदीको कार्यकालमा भारतले खेल क्षेत्रमा पनि फड्को मारेको छ । एशियाली र ओलम्पिक खेलमा भारतको पदक संख्या ह्वात्तै बढ्यो । शिक्षा र रिसर्चका क्षेत्रमा ठूलो फड्को मारेको छ भारतले ।

मोदीले भारतलाई अन्तर्राष्ट्रिय जगतमा पनि मजबुत बनाएका छन् । अमेरिका, यूरोप र रुससँगको सन्तुलित सम्बन्धबाट लाभ लिएका छन् । विश्व शक्तिको दबाब थेग्न सक्ने सामथ्र्य प्रदान गरेका छन् । यसकारण पनि भारतीय जनताका लागि मोदी नै रोजाईमा परेको विश्लेषण भइरहेको छ ।

प्रतिक्रिया